युवा संघले तीज विशेष कार्यक्रम गर्ने
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । भदौ १९ गते बुधबार कोटेश्वरमा कार्यक्रम आयोजना गरिएको युवा संघका प्रवक्ता निरोज पौडेलले बताएका छन् ।
समानता, सशक्तीकरण सहअस्तित्व उत्वको रुपमा मनाउन लागिएको कार्यक्रममा नेपाल सरकारमा उच्च ओहदामा बसेको महिलाहरूलाई आमन्त्रत्रता गरिएको छ।
साथमा विभिन्न खेलका महिला खेलाडी, विभिन्न राजनीतिक दलसँग आवद्ध महिलालाहरूलाई पनि आमन्त्रणा गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
कार्यक्रम कोटेश्वरको एवान पार्टी प्यालेसमा आयोजना गरिएको छ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ। गायिका अस्मीता अधिकारी, महेश काफ्ले, लक्ष्मी नेपाली, पूर्णकला बिसी, ममता थापामगर, कुलेन्द्र बिकसहितको कलाकारले कार्यक्रममा प्रस्तुती दिने छन्।
बुधबार १२ बजेदेखि सुरु हुने कार्यक्रममा बिभिन्न क्षेत्रका महिला दिदी बहिनीलाई निमन्त्रण गरिएको युवा संघका प्रवक्ता पौडेलले जानकारी दिए। नेपाल सरकारका महिला कर्मचारी, प्रहरी, कलाकार, खेलाडी,पत्रकार, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, पेसाकर्मी, विद्यार्थी, संघ सस्था, बिभिन्न राजनैतिक दलसँग आबद्धता महिलालाई आमन्त्रण गरिएको छ।
बिभिन्न दलका नेताहरुको पनि उपस्थिति रहने कार्यक्रममा भाषणको कुनै कार्यक्रम नराखिएको आयोजकले जनाएको छ।
Facebook Comment