रियलमीको डिलर्स मीट सम्पन्न

डिसी नेपाल
१८ भदौ २०८१ १०:४७

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ। गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए।

आफ्ना डिलरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

डिलर्स मीटलाई सम्बोधन गर्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च, श्री मुनिश गिरीले भने , “हाम्रो छैठौं वार्षिकोत्सव एवम् वार्षिक डिलर्स मीटको अवसरमा यसरी भेटघाट हुन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । यहाँ उपस्थित हुनु भएका समस्त डिलर्सहरु, साझेदारहरू र फ्यानहरूप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तपाईंहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हो र तपाईंहरुको उत्साह, विश्वास र लगनशीलताको प्रतिफल स्वरुप यो वर्ष हामीले उल्लेखनीय उपलब्धिहरु हासिल गरेका छौँ । साथै, हामीले भारत र नेपालभर रियलमीको उपस्थितिलाई अझ बलियो बनाएका छौं, र तपाईंहरुको निरन्तर सहयोगले हामी आगामी वर्षहरूमा अझ ठूलो उचाइमा पुग्नछौँ र नेपाली प्रविधिमा नयाँ आयाम थप्दै अझै प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ ।”

डिलर्स मिटको शुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरुका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय सांगीतिक प्रस्तुति दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *