भारत भ्रमणका क्रममा हवाई रुटका बारेमा सकारात्मक छलफल भयो: परराष्ट्रमन्त्री आरजु राणा(भिडियाे)

डिसी नेपाल
१८ भदौ २०८१ १४:०९

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका क्रममा हवाई रुटका बारेमा सकारात्मक छलफल भएको बताएकी छिन्। सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउदै उनले भारतसंग हवाइ रुटको बारेमा कुरा राखेको र टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।

भैरहवा र महेन्द्रनगर हवाई रुटका बिषयमा आफुले भारतसंग कुरा गरेको उनले बताइन्। त्यस्तै उनले पन्चेश्वरको बारेमा सहमति लगभग अन्तिम चरणमा पुगेको र अन्तिम चरणमा अघि बढाउने कुरा भएको जानकारी दिइन्।

इपीजी बिषयमा भने कुनै छलफल नभएको भन्दै उनले उपयुक्त समयमा छलफल गर्ने उल्लेख गरेकी छिन्।

त्यस्तै भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणा सहितको सन्देश हस्तान्तरण गरिएको पनि उनले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *