२३ वर्षपछि बाग्लुङ बसपार्क संचालनमा

डिसी नेपाल
१८ भदौ २०८१ १९:०८

काठमाडौं। बागलुङ नगरपालिकाद्वारा नवनिर्मित बाग्लुङ बसपार्क काम थालेको २३ वर्षपछि संचालनमा आएको छ।

बागलुङ नगरपालिका ४ दावगरामा निर्मित बसपार्कको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। सो क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्कलाई दिगो रुपमा संचालन गर्नको लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए।

उनले स्थानीय जग्गाधनीहरुले जग्गा दिएर बसपार्क निमार्ण भएको हुँदा बसपार्क निमार्णपछि बाकी रहेको जग्गा फिर्तामा राजश्व छुट गराउने तर्फ आफूले ध्यान दिने धारणा राखे।

२०५८ मा स्थानीय बासिन्दाले साढे १७ रोपनी जमिन दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो। ठेक्कापट्टाको कामले ढिलाई हुँदा २०७७ जेठमा बसपार्क निर्माण गरिएपनि त्यसको ४ वर्षपछि मात्रै संचानलनमा आएको छ। वसपार्क संचालनमा आएसँगै लामो र छोटो दुरीका बस चलाउन सहज हुने नगरपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *