राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन दाङको तीज मिलन कार्यक्रम सम्पन्न

पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न महिलाहरुलाई राप्रपा केन्द्रीय सदस्य देवकोटाको आग्रह

डिसी नेपाल
१९ भदौ २०८१ ११:२१

दाङ। बैदिक सनातनी नेपालीहरुको मौलीकपर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन दाङले घोराहीमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य सरिता देवकोटाले मौलीकताले भरिएको तीजपर्व पुरुष र महिलाहरु दुवैका लागि एकदमै महत्वपूर्ण रहेको बताइन्।

आफन्तप्रियजनहरूसंगको भेटघाट लगायतका रमाइलागतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृतिहो । सांस्कृतिकपर्व तीजलाई तडक–भडकपूर्ण होइनकि सामाजिक सद्भाव र मौलीकताकोलागी एकताबद्ध हुने अवसरका रूपमामनाउनुपर्नेमाजोड दिइन।

केन्द्रीय सदस्य देवकोटाले सामाजिक सद्भावकायमगर्न सदियौँ पहिलेदेखि मनाउँदै आएको तीजपर्वलगायतअन्य चाडपर्व पनिगहना, कपडाको प्रदर्शन र नाचगानमात्रनगरी प्रतिफल देखिने काम गरी मनाउनआग्रहगरिन। उनले महिलाहरुलाई संविधानले दिएको अधिकार सुनिश्चित भए पनि कति प्रतिशत महिला कार्यकारी पदमा पुगे भन्ने कुराको समीक्षा हुनआवश्यक रहेको करामा जोड दिइन्।

उनले समाज परिवर्तनमामहिलाको महत्वपूर्ण भूमिका हुने बताइन। एउटा महिलाशिक्षितभए परिवार शिक्षितहुने भएकोले शिक्षामाजोड दिनु पर्ने उनको धारणा थियो। उनले पार्टीलाई बलियो बनाएअवसर अवश्य नै प्राप्तहुने बताउदै कामनगरी नेतृत्वतहमापुग्ननसकिने उल्लेख गरिन। पार्टीको कामसँगै सामाजिक सेवामा लाग्न उनले महिलाहरुलाई आग्रहसमेत गरिन्।

त्यस्तै गरि राष्ट्रिय प्रजातान्त्रिकमहिला संगठनकि केन्द्रीय सदस्यबिमला घर्तिले महिला नेतृत्वको योगदान र आन्दोलनकाकारण आफू यो पदमापुग्न सफलभएको बताइन्। त्यसै गरि अर्कि राष्ट्रिय प्रजातान्त्रिकमहिला संगठनकि केन्द्रीय सदस्य उषा राणाले महिलाहरुले गरेको आन्दोलन र योगदानकै कारण अनिवार्य रुपले महिलाहरु पदमापुगेको बताईन्।अरुलाई गाली गरेर हुँदैन। नेतृत्व तहमा पुग्ने क्षमताको विकास गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले सवै दिदीबहिनीहरुलाई ‘जातीय, क्षेत्रीयभावना त्यागेर राष्ट्रिय भावनाको विकास गर्नुपर्नेमा आग्रह गरिन। उक्त कार्यक्रममा राप्रपा दाङ जिल्ला अध्यक्ष किशोर न्यौपाने , जिल्ला उपाध्यक्ष प्रेम शाह ,केन्द्रीय सदस्यहरु , लुम्विनी प्रदेशका प्रतिनिधि, पुर्व केन्द्रीय सदस्यहरु लगायतले तीजको अवसरमा दिदीबहिनीहरुलाई शुभकामना दिएका थिए।

कार्यक्रमको सञ्चालन लुम्बिनीप्रदेश सदस्यसिर्जना पाण्डेले गरिएकी थिइन् भने कार्यक्रममाराष्ट्रिय प्रजातान्त्रिक महिला संगठन दाङकी जिल्ला अध्यक्ष जानुका बस्नेत पोख्रेलको अध्यक्षतामाभएको थियो भने सहभागीमहिलाहरुलाई हरितालिका तीजको औवसरमा पोते र टिका प्रदान गरिएको थियो । उक्त कार्यक्रममा २५ं०भन्दा बढीको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *