एन्फा महिला लिगमा आर्मीले संकटालाई हरायो

डिसी नेपाल
१९ भदौ २०८१ १८:५२

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटा फुटबल क्लबलाई ४–० ले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो। खेलको १९ औं मिनेटमा आर्मीले सावित्रीदेबी मगरको गोलमार्फत सुरुआती अग्रता लियो। त्यस्तै खेलको ६१ औं मिनेटमा विमला चौधरीले आर्मीका लागि गोल थपिन् भने खेलको ७१ औं मिनेटमा आर्मीका लागि विमलाले अर्को गोल गरिन्।

खेलको ७६ औं मिनेटमा अनीता लम्जेलले गोल गर्दै आमीलाई ४–० को जित दिलाइन्। जितसंगै आर्मीले तीन अंक बटुलेको छ। एन्फाको आयोजनामा जारी लिगमा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *