फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्बजनिक, को को परे ?

डिसी नेपाल
२० भदौ २०८१ ८:५६

काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ ।

फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित गरिने छ ।

मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल म्याड्रिडरइङल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटीरपोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटीरइङल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिडर उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्लार अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटीर नर्वे), निको विलियम्स (एथलेटिक क्लबरस्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेनर स्वीजरल्याण्ड), अर्टेम डोभबिक (एस रोमारयुक्रेन), टोनी क्रूज (रियल म्याड्रिडर जर्मनी), भिनिसियस जुनियर (रियल म्याड्रिडरब्राजिल), डानी ओल्मो (बार्सिलोनारस्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसनरजर्मन), मार्टिन ओडेगार्ड (आर्सनलरनर्वे), माट हुमेल्स (रोमारजर्मनी), रोड्री (म्यानचेस्टर सिटीरस्पेन), ह्यारी केन (बायर्न म्युनिखरइङल्याण्ड), डेकलान राइस (आर्सनलर इङल्याण्ड), भिटिन्हा (पिएसजीरपोर्चुगल), कोल पार्मर (चेल्सीरइङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिडर स्पेन), लामिन यमल (बार्सिलोनारस्पेन), बुकायो साका (आर्सनलरइङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलानरटर्की), विलियम सालिबा (आर्सनलरफ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिडर फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलानर अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टारनाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिडर जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसनरस्पेन) रहेका छन् ।

बेलुन डो अरको गत बर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस बर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बेलुन डो अर अवार्ड जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *