शंकरप्रसाद रिजालका पाँच कविता

शंकरप्रसाद रिजाल
२२ भदौ २०८१ ७:२७

नेपालीको आँसु

पिइ आँसु बसेका छौं हरदिन यो देशमा
बाँचेका छौं सबै सधैं हरचिजको अभावमा

बिदेश हेर त्यो देश कस्तो छ बिकासमा
सारा जनता बसेका छन् आ-आफ्नो मिठासमा

बिखादी केहीमा छैन सरकार कति बेस छ
हाम्रो देशमा हेर खाने सबै विषाक्त छ

रोएका छन् सबै जनता मरिन्छ शिघ्र कि भनी
धानेका छन् आ-आफ्नो जीबन यस्तै हुँदै गरेपनि

उद्योग केहीको छैन उत्पादनको कारखानापनि
मोजमा पौडी खेलेका छन् सबै नेता धनी बनी

व्यवस्था जेसुकै आओस शासक भ्रष्ट भए सबै
हुन्न नेपालमा बिकास अधोगति हुने सधैं

हेर संसारको शान कस्तो राम्रो बिकासमा
हाम्रो नेपालमा हेर नेता लुट्छन् छद्म भेषमा

काण्ड रचे जग्गा लुटे तन्त्रको कुमारीत्व लुटे
सहकारी लुटे लुटे नेपालीको भोटा जनता लुटीगए

चुसी चाटी सबै बाँडी अनि आफू आफुनै फुटे
मतवाली झैं मातिएका छन् सारा नेता नेपालमा

उनैको सरकारमा जनता आशा बोकी अन्दाजमा
यो तन्त्र छ नै राम्रो तर यन्त्र भयो सबै

आशा लिइ बसेका थिए यसैको खुबै खुबै
बिस बर्ष बितिसक्दा तन्त्र लोप हुँदै गए

सारा देशका युबा आशा मारी बिदेसिए
छैन केही देशमा एउटा आशाको बीज पलाउने

जनता निमुखा प्यारा धर धरी बहुलाउने
सारा युबक उर्लेकाछन् “अतिभो” अतिभो भनी देशमा

रुँदै छोरा छोरी पठाउँदैछन् बाबु आमा बिदेशमा
आँसुको दहमा डुब्दै बाँच्ने कति हो अब

सहन्न देशले यस्तो अब अतिभो अतिभो जब
भोलि भविष्यको देश हेर्नु नै छ यदि भने

ठूलो जमात उल्टिइ सारा युबा मिल्यौं भने
पुराना फिल्फिले नेता फालिन्छन् एक एक गरी

नयाँ अब्बल नेता देखिन्छन् देखिए अन्य देशमा सरी
नेता सबै मरेका छन् ज्यूँदा लास कुदीकुदी

फूलेको ती सबै फूल झारिन्छन् चुँडीचुँडी
माली हैनन् यी देशका सबै धुन्द्कारी झैं

दुःखी गरीब जनतालाई देखिन्छन् महाकाल झैं
आन्दोलनको बिकल्प छैन छैन क्यै अब देशमा

सारा युवा जुटेका छन् दिनहुँ खुला सडकमा
पल्टिन्छ यो तन्त्रको शासन एकदिन अवश्य नै

पाखामा ल्याइ फालिन्छन् ती भ्रस्टहरुलाई नै
आँसुको धार रोकिन्छ नयाँ युग फिर्यो भने

आशाको ज्योति फैलिन्छ नयाँ नेता बन्यो भने
सबैको आश जोडिन्छ यी नेता फेरिए भने

आँखामा आँसु रोकिन्छ नेपाल बन्यो भने

आँखामा आँसु रोकिन्छ नेपाल बन्यो भने

बा’

‘बा’ बा नै हो बाबा भनी बोलाउँछन्
आफ्नो बाबादेखि सबै शिर झुकाउँछन्

बाबाकोपनि बालाई बाबा भनी बोलाउँछन्
उनीपनि ‘बा’ नै हुन् किन बाजे भनी बोलाउँछन्

‘बा’ अनेक हुन्छन् यो समाजमा जहीँकहीँ
‘बा’ पछि बाबा हुन्छनु सन्त ज्ञानी बनेपछि

तर ‘बा’ बाबानै हो आफ्नो अनुहार मिलेपछि
‘बा’ हुन् बा हुँदै होइनन् फेरि नाता टुटेपछि

‘बा’ को पनि बालाइ ‘बा’ नै भनिन्छ लौ यहाँ
आस्था मनको श्रद्धाले नै ‘बा’ पुजिन्छ यहाँजहाँ

‘बा’ लाई सबले बा भनी बोलाउँछन्
आमाले पनि कहिले कहीँ यही नाम ली पुकार्दछिन्

‘बा’ मनको श्रद्धा बा लाई नै दिनु पर्दछ
उनको सृष्टि हो सबले पुज्नु उनलाई पर्दछ

आफ्नो बा को सबले सम्झना गर्नु पर्दछ
आफ्नो धर्मको विधालाई सबैले मान्नु पर्दछ

‘बा’ बर्तवानको हुन् वा भुत कालको
‘बा’ बा नै हुन् अनन्त काल सम्मको

‘बा’ बाको सट्टामा सन्त बाबापनि हुन्छन्
तर ‘बा’ बा नै हुन् जोजति भनी हिँड्दछन्

‘बा’ भन्दा बुवा राम्रो शब्द साहित्य भाषमा
एक अक्षरले के हुन्छ बुवाको दुई बोलीमा

बुवा भन्नु अति राम्रो त्यो भन्दा पिता ठूलो
बाबापनि पुकारिन्छ कहिले काहीँ पनि मिठो

‘बा’ कसको छैनन् ठुलो सानो सबैजसो
धनीका पनि बा हुन्छन् सधारणमा जसोतसो

कसैका ‘बा’ त पुजिन्छन् मनमनै यो जगतमा
कसैका ‘बा’ हुँदै हुन्नन् जो मरे यस लोकमा

‘बा’ ले के गरे गरेनन् कापीमा लेखी हेर त
बा ले जे जे गरे यहाँ त्यो सम्झी हेर त

तर बृद्धाश्रममा हेर सबै ‘बा’ हरुको बर्कत
त्यो ‘बा’ को पुत्रको हेर कस्तो छ तुच्छ हर्कत

‘बा’ नभए म हुने थिइन राख यो मनमा सधैं
आमा नभए जन्मिने थिइन योपनि मनमा सधैं

कोही बाको मलमले कुर्ता, कोहीको मैला लुगा
कोही नांगा भुतुंगा छन कोहि सडकमा खुल्ला

के भयो? भयो यहाँ यस्तो? बासँग भयो बिछोड
के रह्यो यहाँ त्यस्तो बा सँग नभई त्यो भेट

बा सँग जोरी खोज्दिन् मेरा बा पनि त्यै थिए
अहिले म कति पुज्ने थिएँ आज बा भैदिएको भए।।

खोइ नेता हाम्रो नेपालमा

नेताको खोजीमा लागेका छन् जनता यहाँ सबै
थुप्रो बथानमा युवा जुटेका छन् दिन दिनै

छैन अब व्यवस्थाको खोजी यो भन्दा अबके हुने
यसैले नै हुँदै जान्छ पुगी आकासमा छुने

कसैको दोष केही छैन अभाव देश प्रेमको
सबै नेता फुटेका छन् गरी जन बिद्रोहको

राज नेता थिए पैले मियो झैं झल्ल झल्किने
संसारको नजरमा हेर सबैको नेत्र टल्किने

एक राजा फाली यहाँ भए राजा पचासौं
लोकतान्त्रिक व्यवस्थामा बने राजा हजारौं

राजा राजा सबै राजा श्रीपेच लुकाउँदै
बसेका छन् सबै नेता आफ्नै दुनो सोझ्याउँदै

हेर देशका नेपाली नेताको गुण छन् कति
बिकास विश्वको हेर नेताले बनाए जति

पुराना नेताको भरै के छ, जताततै सब बिग्रने
नेता आजका हेर कहिल्यै अब नसुध्रीने

नेताको बोलीमा हेर कोही नेता नभेट्टिने
देखेका नेताहरु हेर सारा भ्रष्ट गनाउने

खोइ त्यो नेता हाम्रो जसले देश बनाउँछ
सारा विश्वमा हेर उसले धाक जमाउँछ

गान्धीको मुख त्यो हेर त्यो भारत बनाउने
मलेसियाको दृश्य त्यो हेर महाथिर सम्झाउने

अफ्रिका त्यो हेर मण्डेला बिउँझाउने
अमेरिका त्यो हेर अब्राहम हँसाउने

छैन यस्ता नेपालमा नेता आजसम्म कतैपनि
हिँडेका छन् युबा भाइ नेता खोज्न जहीँतहीँ

बुढा नेता हिँडेका छन् नागो नाच नाचिइ
अघाएका छन् सबै जनता यिनको चालामाला बुझी

ब्यवस्था देशको ठिक हो नेतामात्र भए खराब
यही हो देशको बाधा लाग्यो नेपाललाई सराप

नेतृत्व कतै छैन खोजी हिँड्ने कति जब
लुकेका छन् सबै नेता आफैं भित्र भित्रमा अब

खोज त्यो नेता जो छ अब आफू माझमै
जाने भेटिन्छ त्यो नेता एक दिनको साँझमै

दियो बाली उता हेर नेता भेटिन्छ सामुमै
त्यो नेता तिमी नै होला खोजी भेटे आफूमै

जागेका छन् सबै युबा यो तातो तातो घाममै
गुथेका छन् सबै फेटा त्यो शिशिर याममै

अब फर्किने होइन है साथी नेताको खोजीमा जुट
अब तर्कीने होइन है साथी भ्रष्टको सम्पति लुट

लुट त्यो धन हो हाम्रो त्यो निमुखाहरुको धन
बाँडी देउ तिनैलाई गराई मन छुने मन

लुट त्यो भ्रष्टको धन सुकाऔं बिस्कुनैसरी भुईंमा
बिसाउँ ऋणको भारी यसै जन्मको जुनीमा

इमान्दार बनौ सधैं प्रण लिइ यो साथमा
माटो देशको हातमा लिउँ सबै दुई हातमा

नेता खोजौं सबैको भलाइ र सुख हुने गरी
ठूलो बनाउँ उनलाई सगरमाथा छुने गरी

आशा ज्योतिको बल्छ नयाँ नेता मिल्यो भने
नयाँ नेपाल त्यहाँ बन्छ जो नेता मिल्छ त्यो भने

मिल्छ त्यो नेता जो मनमा सधैं रहोस्
आशा बालेनको एक जो राष्ट्र प्रेमी बनी रहोस्

तन्त्र, बिकास र भ्रष्टाचारी नेता

आशा देशको बिकास, निराशामा बदली गयो
सुख, समृद्ध र उन्नति, नेताको बोलीमा अड्यो

राणाको कालरात्रिले एकसय चार बिती गयो
पञ्चायती राजतन्त्रपनि चालीस वर्ष रही रह्यो

रहेन यो पनि तन्त्र लोकतन्त्र बन्यो नयाँ
सारा नेताहरु उफ्रेका थिए यही हाम्रो नेपालमा

जनता पनि हौसेका थिए यसैको सुरुवातमा
यसैमा तीब्र भयो काण्ड अनेक अध्याएमा

भ्रष्टाचार बढ्यो देशमा नेता मोटा हुँदै गए
जनता रोग भोक र शोकले ग्रसित बन्दै गए

सेता हाती घुसे देशमा भित्र भित्र नेपालमा
जनता थरथरी काँपे यो देशको आकासमा

जनता कुर्लिएका छन दिनदिनै माइतीघरमा
आन्दोलन गरी नेता फाल्छौं भन्ने आबेगमा

सुन्दैनन् आजका नेता कस्तै कुर्लेपनि अब
अब देशमा बल्यो आगो व्यवस्था सिद्दिने जब

नेता पुराना जति छन् थोत्रा थाग्ना भएसरी
हुँदैन यसले राम्रो कस्तै गरेपनि अब

नयाँ युगको थालनी गरौँ अब सबै मिली
नयाँ नेता चुनौं अब साराको प्रिय हुन् भनी

सधैं पुराना नेताले बढ्दैन अब देशको गति
देशमा भ्रष्टाचारीको सुध्रेन कहिल्यै मति

भ्रष्टाचार बन्यो हाम्रो एकमात्र बिकास पथ
सदाचार बन्यो हाम्रो रुझी मरेको बिरालो झैं

बोल्छन् गणतन्त्रका नेता भूकम्प नै आउने गरी
खोक्छन् सधैं ती नेता हामी देश बनाउँछौं गरी

बेइ्मान, माफिया ती झुण्ड लागेका छन् वरिपरी
भ्रष्टाचार गरी हिँड्छन् पछाडि लुकीलुकी

राणा बने दुराचारी आफ्नो मात्र गरी पोस्ने
आफ्नो शासनमा आफूमात्र सोखी भइ रहिरहने

राजा सन्त भए सारा प्रजा जोगी बनी रहे
आफ्नो देशमा सबै सधैं निमुखा रही रहे

लोकतन्त्र भनी हिँड्ने नेता भ्रष्ट बनी हिँडे
उद्योग कारखाना सब बेची उजाड भै गए

सारा देशका युबा रुँदै बिदेसिँदै गए
अर्काको भरमा सबै मागी खानी बनी गए

रहेन देशको शान, इज्जÞत र बैभब
रह्यो नेपालको नाम एकमात्र सम्भव

त्यो पनि गुम्लाकी भन्ने डर भो जहाँ
नेपाली ती नेपाली हैनन्, यस्तै हुन्छ भने यहाँ

आँखामा आँसुका धारा बगेका छन् सधैंभरी
आमा बुवा रोएका छन् बर्सी आँसु गहभरी

म सक्तिन भन्छिन् आमा छोरा छोड्न कसैगरी
आमा रुन्छिन् कुना पस्दै पिता रुन्छन् बर्बरी

हेर नेपालको दृश्य आँखामा आँसु बर्सिने
सपना झ्वाट्ट देख्दामा छोरादेखि तर्सिने

छोरीको मुख त्यो सम्झिँदा फेरि भक्कानो फुट्ने
सपना सपना नै रैछ बास्तबिकता नभेटिने

बिपना पनि सपना नै रैछ बास्तविकता नदेखिने
आखिर आँखाको दूर नानीमा छोडी सबै मरेसरी

आशाका ताराका जीव छर्रा बनी उडेसरी
आशाका ताराका जीव छर्रा बनि उडेसरी

समय चक्र र सदुपयोग

बितेका समयका दिन कहाँ फर्की आउँछ र
गरेका भुल ती सारा उल्टी कहाँ आउँछ र

मनको चौतर्फी इच्छा गइ गयो सबै बगी
समयको दुष्चक्रमा सबै घुम्छन् यसै गरी

बगेको नदीको भेल बाढी आइ बगाउँछ
नराम्रा सबै कुरा बगाइ पर पुर्याउँछ

जीवन चक्र पनि त्यस्तै घुम्दै कहाँ पुर्याउँछ
बिशाल समय त्यो चक्र निरन्तर उ चल्दछ

समयको गतिमा इच्छा सारा उठी गयो
समयकै चालमा फेरि सबै इच्छा सुती गयो

फर्किन्न फेरि त्यो इच्छा जसरी त्यो मरी गयो
मरेको सब ती इच्छा कहाँ गई लुकी बस्यो

समय काल त्यो कालो जसको मुख नदेखीने
अघि अघि हिँड्दा हिँड्दै चट्टचट्ट समातिने

देखिन्न कोही त्यो काल अँध्यारो रात बीचमा
भेटिन्न कोही त्यो त्यतो त्यो मानव शरीरमा

नदीको पानि झैं बग्छ त्यो फर्किन्न कसैगरी
त्यसैको धुनमा फेरि नाच्दछन् कठपुतलीसरी

जन्मेका छन् यहाँ लाखौँ मरेका छन् त्यसैगरी
रोकेर रोकिने छैन बितेका समय कसैगरी

दिनले रात छोपे झैं रातले दिनको घडी
छोपिएका छन् सबै प्राणी यसको चक्रमा परी

बेलाको कर्मको छाप सबैले छोड्नु पर्दछ
आखिर समयको कुचक्रमा सबै घुन बनी मर्नुछ

दुष्कर्म नगरौं कहिल्यै, दुर्भाव न जन्मियोस्
यो समय चक्रमा सबैको सुभाब सधैं रहोस्

लडाईं झगडा झेल यहाँ कहिल्यै हुँदै नहोस्
सारा मानव जातिको यहाँ खुसी रहिरहोस्

कोही नहुन भोका नांगा खाने नपाइकन
कोही नरोउन बिचराहरु बस्ने नपाइकन

यसैगरी घुमी रहोस् यो समय चक्रको घडी
संसारमा छुटी जाओस् सबै जनको यो घडी।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *