एनपीएलका ८ फ्रेन्चाइज टिमको मालिकको टुंगो

डिसी नेपाल
२० भदौ २०८१ १९:०९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्चाइज टिमको मालिकको टुंगो लागेको छ। बिहिबार भएको बोलकबोलमार्फत ८ टिमका मालिकको टुंगो लागेको क्यानले जनाएको छ।

क्यानका अनुसार काठमाडौं कान्तिपुर पब्लिकेशनले, पोखरालाई पोखरा एभेन्जर्सले, चितवनलाई चितवन मेडिकल कलेजले लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन्।

पोखराको टिमलाई सबैभन्दा बढी बोली लागेको छ। पोखरा टिमको फ्रेन्चाइजी नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा लिएको छ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ , चितवनको एक करोड ७६ लाख एक हजार, लुम्बिनीको एक करोड ८६ लाख, जनकपुर २ करोड ५ लाख, कर्णाली एक करोड ११ लाख र सुदुरपश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा बिक्री भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *