‘ईन्जिनियरिङ समुदायको समुन्नति : दशकको दृष्टिकोण’ नाराका साथ सिडेन देश दौडाहामा

डिसी नेपाल
२० भदौ २०८१ २१:०४

काठमाडौँ। ‘ईन्जिनियरिङ समुदायको समुन्नति दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक ईञ्जिनियरहरुको समूह देश दौडाहामा छ। देशमा बढिरहेको ईञ्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा यो समूहले प्राथमिकताका साथ उठाएको छ।

लोकतान्त्रि समूह (सिडेन)ले देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्वपूर्ण काम गर्ने भएकाले ईञ्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ। यसका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने सिडेनका तर्फबाट नेपाल इन्जिनियर्स एसोसियसनमा अध्यक्षका उम्मेदवार सुवाचन्द्र बरालले बताए।

त्यस्तै, प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै ईञ्जिनियर प्रशिक्षण अघि बढाउनेसमेत लोकतान्त्रिक समुहको योजना छ। यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने विश्वास छ।

राज्यका विकास योजनामा ईञ्जिनियरिङ सकेकालाई अवसर
अहिले देशैभर ईञ्जिनियर उत्पादन भैरहेको छ। तर, कतिपयले रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको छ। अध्यक्ष उम्मेदवार बराल नयाँ ईञ्जिनियरहरुलाई सरकारका विकास योजनाहरुमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा छन्।

बुटवलमा बुधबार सम्पन्न कार्यक्रममा बोल्नेक्रममा अध्यक्षका उमेदवार बरालले भने, ‘भर्खरै ईञ्जिनियरिङ पढाइ सकेर बसेकाहरुलाई सरकारका विकास योजनामा संल्गन गराउन सकिन्छ। यसले एकातिर ईञ्जिनियरहरुको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति हुन्छ।’

यो विषयलाई आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने र स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरुको कामको चापलाई समेत सम्बोधन हुने गरी दुवै तहमा ईञ्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरुसँग पहल गर्ने उनको योजना छ।

‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप छ, उनी भन्छन्, तर एकातिर ईञ्जिनियरको अभाव छ भने अर्कोतिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ। यो अब हट्नुपर्छ। उनले भने। सिडेनजको टोली आज गण्डकी प्रदेशमा पुगि कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा उपस्थिति सिडेन अध्यक्ष लक्ष्मण केसी, पूर्वअध्यक्ष उमेश थानी, नेपाल ईन्जिनियर्स एसोसिएसनको अध्यक्ष डा हरि बहादुर दर्लामी, सिडेन प्रदेश अध्यक्ष यादव नेपाल लगायत लोकतान्त्रिक समूह लुम्बिनी प्रदेशका अग्रजनेताहरुको उपस्थिति रहेको थियो।

चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म ईञ्जिनियरमाझ अन्र्तक्रिया गरेको लोकतान्त्रिक समुह अहिले सुदुर पश्चिम को धनगढी, कर्णालीको सुर्खेत हुदै लुम्बिनी प्रदेशको नेपालगन्ज , घोराही , बुटवल सम्म सकेर आज बेलुका गण्डकी को पोखरामा कार्यक्रम तय भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *