मेसी बिना चिलीमाथि अर्जेन्टिनाको सहज जित

डिसी नेपाल
२१ भदौ २०८१ ९:५१

काठमाडौं। दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक एक गोल गरेका थिए। अर्जेन्टिनाको यस खेलमा लियोनेल मेसी भने इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैठौं जित हासिल गर्दै १८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो । चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *