सञ्जालका फलोअर्स: न मलामी, न भोटर्स

जितेन्द्र जिसी
२१ भदौ २०८१ ११:३४

समाजिक सञ्जाल फेसबुक फलोअर्स बारेको चर्चाले अचेल नेपालमा बजार तताएको छ। काठमाडाैं महानगरपालिकाका  मेयर बालेनको २ मिलियन र प्रधानमन्त्री केपी वलीका ६६२ हजार फलोसर्स घटेर ५९० हजारमा पुगेको देखाउँदै समर्थकहरु बाजाबाज गर्दैछन्।

बन्द गरिएको टिकटक खोल्ने प्रधानमन्त्री ओलीका फलोअर्स घट्ने कुरा उनका विरोधी र उनलाई नरुचाउनेहरुका लागि हर्षबढाईंको कुरा बनेको छ।तर कसैको फलोअर्स धेरै हुने कुराले जन-अपेक्षा नपूरा गर्छ नप्रतिनिधित्व!

नागरिक खुशी हुन दिगो विकास, बस्न लायक शहर, शिक्षा, स्वास्थ्य, न्याय, समानाता चाहिन्छ। त्यो स्थानीय सरकार प्रमुख हुन् वा सरकार प्रमुख हुन् कसैलेपनि स्टाटस लेखेर उन्मुक्त हुने प्लेटफर्म होइन,जनता खुशी हुनै पर्दछ।

‘डेबल्मेण्ट डिपार्चर’ दिनै पर्दछ। सरकारको सफलता फलोअर्सले होइन विकास बजेट कति खर्च भयो, निर्माण के भयो भन्ने कुराले नाप्ने/जोख्ने हो। भ्रममा कोही न बसौं। स्व. विपी कोइराला,मदन भण्डारी, महाकवि देवकोटा,पासाङ ल्हामु वा तेन्जिङ नोर्गे बढी फलोअर्स भएर स्मरणीय भएका होइनन् बरु उनीहरुको कर्मले स्मरणिय बनेका हुन्।

त्यता हेरौं। कसैको अभियानले घट्ने-बढ्ने फलोअर्स हुँदैमा कसैले अग्लो सम्झिनु क्षणिक मुते न्यानो हो। त्यस्ता अस्थिर समर्थक न मलामी न भोटर्स! केवल सामाजिक सञ्जालमा तुष पोख्ने खेताला मात्रै हुन्। तिनीहरु नितान्त सामाजिक सद्भाव खलल पार्ने,उत्तेजना फैलाउने अस्थिर भिड मात्रै हुन्, न हलो न मुङ्ग्रो।

मेयर बालेनले लेखे जस्तो कुनै देशको सरकारले “पोस्ट उडाउने” पँहुच राख्दैनन्। बरु सञ्जाल नै बन्देज लगाउन सक्ने हुन्। बालेनको फेसबुक स्टाटस नेपाल सरकारले डिलिट गरिदिएको चर्चा निराधार र फेक हो। फेसुबुकमा पोष्ट भएको स्टाटस सरकारले डिलिट गर्न सक्दैन।

बरु अन्य प्रयोगकर्ताहरुले रिपोर्ट गरेपछि फेसबुकले गाइडलाइनको उल्लंघन भएको ठहर गरेमा डिलिट गर्नसक्छ। गाइडलाइनको उल्लंघन गरेको ठहर गरेर अमेरिकी राष्ट्रपति रहेकै बखत डोनाल्ड ट्रम्पको स्टाटसपनि डिलिट गरिदिएको थियो, फेसबुकले।

यस्ता भ्रम पत्याउने फलोअर्स भोलि फेरि घट्छन्। अधिकांश सामाजिक सञ्जालहरूमा स्प्याम फिल्टरहरू हुन्छन्, जसले अनावश्यक, झुटा, वा हानिकारक सामग्रीहरूलाई फिल्टर गर्न र प्रयोगकर्ताहरूलाई सुरक्षित अनुभव प्रदान गर्न मद्दत गर्छ।

सुरुवात

धेरैले सामाजिक सञ्जालको सुरुवात १९७० को दशकमा भएको थियो भन्छन्। जुन समयमा कम्प्युटर नेटवर्कहरूको विकास भएको थियो। यद्यपि, सामाजिक सञ्जालको अवधारणा पहिलो पटक १९७० को शुरुवातमा ‘Community Memory (कम्यूनिटी मेमोरि)’ नामक एक प्रणालीबाट देखा परेको थियो।

यो प्रणाली कम्प्युटर प्रयोगकर्ताहरूलाई एकापसमा सन्देशहरू साझा गर्न, सूचनाहरू आदानप्रदान गर्न, र समुदायमा संलग्न हुने सुविधा दिन्थ्यो।जसलेगर्दा यसलाई आधुनिक फोरम र सामाजिक मिडियाको पूर्ववर्ती बनायो।

केही पछि १९७९ मा नर्थ क्यारोलिना विश्वविद्यालय,ड्यूक विश्वविद्यालय र चेपल हिलमा टम ट्रस्कट र जिम एलिसले’युसेनेट’विकास गरेका थिए। जुन १९८० मा सुरु गरिएको पहिलो खुला सामाजिक मिडिया प्लेटफर्म थियो। तर यसको पूर्ववर्ती विद्युतीय बुलेटिन बोर्ड प्रणाली (बीबीएस) को रूपमा चिनिने ‘कम्युनिटी मेमोरी’ भने १९७३ मा नै देखा परेको थियो।

यसलाई अनलाइन ‘सामाजिक सञ्जाल’ को पहिलो अवधारणा मान्न सकिन्छ किनकि यसले सार्वजनिक ठाउँमा डिजिटल संचारको सुविधा दिएको थियो।

बुलेटिन बोर्ड प्रणालीहरू (BBS), कम्युनिटी मेमोरी पछि, १९७० र १९८० का दशकहरूमा थप BBS हरू देखा परे। यी प्रणालीहरूमा प्रयोगकर्ताहरूले मोडेम मार्फत डायल गर्न, सन्देशहरू पोष्ट गर्न र अन्य प्रयोगकर्ताहरूसँग फाइलहरू साझा गर्न सक्दथे, जसले साना, प्रायः स्थानीय अनलाइन समुदायहरू सिर्जना गर्‍याे।

यसरी भनौं कम्युनिटी मेमोरीलाई सामाजिक साइटको पहिलो प्रयास अनि युसेनेटले छलफल र फाइल साझेदारीकोलागि एक विश्वव्यापी सञ्जाल सिर्जना गर्नमा धेरै प्रभावशाली भूमिका खेलेकोले उनिहरुलाई अग्रणी भन्न सकिन्छ ।

यो सुस्त गती विचमा सामाजिक सञ्जालको सुरुवात १९९० को दशकमा भएको हो। पहिलो सामाजिक सञ्जालको रूपमा धेरैले १९९७ मा सुरू भएको SixDegrees.com लाई मान्छन्, जसले प्रयोगकर्ताहरूलाई प्रोफाइल बनाउन, साथीहरूसँग जडान गर्न र सन्देश पठाउन दिने सुविधा प्रदान गर्थ्यो।

• MySpace (2003) र Facebook (2004) जस्ता प्लेटफर्महरूले मानिसहरूलाई व्यक्तिगत प्रोफाइलहरू बनाउन, फोटो तथा विचार साट्ने अवसर प्रदान गरे।

• LinkedIn (2003) जस्ता व्यवसायिक नेटवर्किङ साइटहरू काम र व्यवसाय सम्बन्धी जडान बनाउनको लागि केन्द्रित थिए।

तर यो प्रकृयाले संसार कब्जा गरेको छ, आज।विश्वमा प्रचलनका भएका, सबैभन्दा धेरै प्रयोगकर्ता जोडेका सामजिक सञ्जाल र प्रयोग को स्थिती यस्तो देखिन्छ:(२०२४ सम्म):

• Facebook – २.९६ अर्ब प्रयोगकर्ता

• YouTube – २.५६ अर्ब प्रयोगकर्ता

• WhatsApp – २.२४ अर्ब प्रयोगकर्ता

• Instagram – २.३५ अर्ब प्रयोगकर्ता

• TikTok – १.०५ अर्ब प्रयोगकर्ता

यी सामाजिक सञ्जालहरूलाई विश्वभर धेरै मानिसहरूले विभिन्न उद्देश्यका लागि प्रयोग गर्छन्, जसमध्ये मुख्य रूपमा सञ्चार, मनोरञ्जन, समाचार, सम्बन्ध,सम्पर्क र जानकारी आदान-प्रदान महत्वपूर्ण छन्।

सन् २०२४ को जनवरीसम्म नेपालमा १५.४० मिलियन इन्टरनेट प्रयोगकर्ता थिए। Kepios को विश्लेषणले भन्छ ‘सन् २०२४ को सुरुवातमा देशको ५०.४ प्रतिशत जनसंख्या अफलाइन रहेको थियो’,अध्यायन भएमा यो प्रयोग को अधिकतम समय सामाजिक सञ्जाल नै भेटिने छ।

स्थापनाका उद्देश्य:

सामाजिक सञ्जालहरूको सुरुवाती उद्देश्य प्रायः मानिसहरूलाई आपसमा जोड्ने, मित्रता विस्तार गर्ने, व्यक्तिहरूलाई सम्पर्कमा राख्ने र विभिन्न समुदायमा छलफल तथा जानकारी साट्ने थियो। यसले मुख्य रूपमा साथीहरू, परिवारजन, र सहकर्मीहरू बीच सजिलै संवाद गर्न सजिलो माध्यमको रूपमा काम गरेको थियो।

असल उद्देश्यले सुरु गरिएका यस्ता सञ्जाल प्रयोगकर्ताहरु कै गलत प्रयोग, दुरुपायोगले विश्वभरी नै समाजमा सेन्सर नगरिएका विषयवस्तुहरू छताछुल्ल आए, सामाजिक सद्भावमा आँच पुग्यो, राजनीतिक बिखण्डनले बढावा पायो,सामाजिक सद्भाव खल्बलियो, साइबर अपराध वृद्धि हुँदै गयो, भाईरल हुने र फलोअर्स बढाउने बहानामा गाली गलोज,असामाजिक निन्दा,सांस्कृतिक अपचलन,अस्लीलाता पस्किने काम हुँदै गए।

अवैध आर्थिक कारोबार गर्नु, लागूऔषध ओसारपसार गर्नु, मनी लाउन्ड्रिङ एन्ड फ्रड जस्ता गतिविधि पनि सञ्जाल बाटै हुन थाले। अनि विभिन्न देशहरु नियमन र प्रतिबन्ध मै उत्रिँदै छन्।

सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रयास भएको केही उदाहरण:

चीन: फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, व्हाट्सएपलगायतका धेरै पश्चिमी सामाजिक सञ्जालहरूमाथि पूर्ण प्रतिबन्ध छ। यसका सट्टा चीनले आफ्नै प्लेटफर्महरू (WeChat, Weibo, आदि) चलाएको छ।

उत्तर कोरिया: यहाँ लगभग सम्पूर्ण सामाजिक सञ्जालहरूमा प्रतिबन्ध छ।

इरान: फेसबुक, ट्विटर, युट्युबलगायतका प्लेटफर्महरूमा प्रतिबन्ध लगाइएको छ, तर व्हाट्सएप र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू कहिलेकाहीं अनुमति प्राप्त हुन्छन्।

टर्की: ट्विटर र फेसबुकलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ जब सरकारविरुद्ध व्यापक आलोचना हुने गर्छ।

भारत:  टिकटक र पबजी (गेमिङ प्लेटफर्म) लगायतका चिनियाँ एपहरूमा सुरक्षा र गोपनीयताको कारण प्रतिबन्ध लगाइएको थियो।

केही दिन पहिले, मेसेजिङ एप टेलिग्रामका संस्थापक पावल डुरोव फ्रान्समा पक्राउ परे। डुरोवको गिरफ्तारी अनलाइन प्लेटफर्म सञ्चालन गर्दा प्रयोगकर्ताहरूलाई अवैध लेनदेन, ड्रग्सको तस्करी, मनी लाउन्ड्रीङ र ठगी, बाल यौन दुरुपयोगका चित्रहरू साझा गर्न अनुमति दिएको र प्राधिकृत निकायहरूसँग जानकारी साट्न अस्वीकार गरेको आरोपलागेको थियो।

उता ब्राजिलका एक न्यायाधीशले एक्स (ट्विटर)लाई प्रतिबन्ध लगाएका छन्। एक्सले आदेशहरू पालनागर्न अस्वीकार गरेको आरोप थियो। सो आदेश जज दे मोरेसको दिशानिर्देश पछि आएकोहो जसले दक्षिणपन्थी कार्यकर्ताहरू र बोल्सोनारो समर्थकहरूसँग सम्बन्धित रहेका खाता हटाउन निर्देशन दिएका थिए। एक्सका मालिक इलोन मस्कले दे मोरेसलाई ‘Brazil’s Darth Vader’भनेर आलोचनागर्दै विरोध गरेका छन्।

एक्स र अमेरिकी चुनावको तातो समरको बीचमा, मेटा (फेसबुक)का संस्थापक मार्क जुकरबर्गले बाइडेन-ह्यारिस प्रशासनबाट सामग्री सेन्सर गर्न दबाव रहेको खुलासा गरेका छन्।

हाम्रो नेपालमा

गत साल सरकारले बन्द गरिदिएको टिकटक हाल खुलेको छ। टिकटक माथि आरोप थियो, सामाजिक सद्भाव खल्बलियो, साइबर अपराध वृद्धि गर्ने मञ्च बन्यो टिकटक।

सायद अब उसले स्प्याम फिल्टरको ब्यबस्था गर्नेछ। नेपालमा दर्ता होला र त्यस्ता गलत कृयाकलाप रोकिएलान्, गलत गर्ने जेलमा कोचिएलान्। यसो किन भनिँदैछ भने, एक जना गर्भवती महिला साथीले उनको गर्भावस्थाको भिडियो सार्बजनिक गर्दा उक्त सर्ट भिडियोमा गरिएका स्तरहीन,असामाजिक र आमर्यादित कमेण्टले आत्मसम्मानमा ठेस पुगेको गुनासो गरिन्, स्तम्भकारसँग ।साइबर ब्यूरोलाई ईमेल गरेकी उनी झन्जटिला काम लगाएकोमा अझ दुखी भइन्, स्तम्भकार निरास।

फेसबुकमा अन्जान मानिसले अपमानित,गलत कमेण्ट गरेर सिकार बनेको जिवित उदाहरण स्तम्भकार नै हो ।केही समय पहिला अन्जान ब्यक्तिहरुले मेरा पोस्टहरुमा नकारात्मक कमेण्ट गरे।

केही आफन्तले स्क्रीन शट पठाउनु भयो। ती मानिसहरुले पछि डिलिट गरे, आफ्नो पोस्टमा लेखे। तर म पीडित नै रहे।त्यसैले बन्दै गरेर “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विधेयक”ले अत्यन्तै कडा प्राबधानहरु राखुन्।

आम मानिस वा नेता मात्रै होइन कलाकारको कुरा गरी साध्य छैन। गायिका समीक्षा अधिकारीको टिकटकमा गरिएका कमेण्ट एक्लै पढ्नपनि लाजमर्दा छन्। आफ्नो वालमा अरुले गरेको स्पस्ट देखिने कमेण्ट को स्क्रिनसट दिएपछि साइबर ब्यूरोले कारवाही अघि बढाउन थप आलटाल वा डकुमेण्ट माग्नु कति जायज हो? बहस हुन जरुरी छ। तर साइबर अपराधमा जिरो टोलरेन्स हुन जरुरी छ।

मानिसको छवि धुमिल पार्नेहरु कानुनको कठघरामा ल्याउन कुनै अनुसन्धान जरुरी न ठानियोस्। सञ्जाल सञ्चालक कम्पनी अनिबार्य दर्ता गरियोस्।स्प्याम फिल्टर र त्यस्का मापदण्डमा कडाई गरिनु पर्दछ।

सामाजिक सञ्जालहरूमा फलोअर्स घट्ने-बढ्ने प्रक्रिया स्वाभाविक हो, विशेषगरी नेताहरू, अभिनेता-कलाकारहरू, वा कुनै सार्वजनिक व्यक्तित्वहरूका लागि।

सामान्यतया फलोअर्स घट्ने-बढ्ने प्रक्रिया

लोकप्रियताको संकेत: कुनै व्यक्तिको विचारधारा,सार्वजनिक छवि, वा कामको आधारमा फलोअर्सहरू घट्न वा बढ्न सक्छन्। उदाहरणका लागि, कुनै नेता वा अभिनेता विवादास्पद बयान दिन्छ भने उनका फलोअर्सहरू घट्न सक्छन्, र राम्रो काम या प्रचार-प्रसार गर्दा बढ्न सक्छ।

तर प्रम वली बिरुद्ध केही प्रायोजित स्टण्टले घटेका कारण समर्थक दु:खी हुन वा प्रतिशाेध मा उत्रिन जरुरी छैन। कामले प्रख्यात हुँदा टिकाउ हुन्छ। सन्जालको समर्थन बिकाउ पनि हुन्छन्। फेसबुकमा पैसास खर्चेर फलोअर्स र भेरीफाइड हुनेहरु तपाईंसँग कुम जोडेको ब्यक्तिगपनि हुन सक्छ ।पिरलोको कुरै रहेन ।

सामाजिक सञ्जालको एल्गोरिदम:  सामाजिक सञ्जालले सक्रिय निष्क्रिय प्रयोगकर्तालाई आधार बनाएर फलोअर्सलाई हटाउन सक्छ। निष्क्रिय, नक्कली वा स्प्याम खाताहरूलाई समय समयमा सफा गर्ने प्रक्रियाले पनि फलोअर्सको संख्या घट्न सक्छ।

ट्रेण्ड र पब्लिसिटी:  नयाँ परियोजना, मुभी, म्युजिक, वा राजनीतिक घटनाका कारण कुनै कलाकार वा नेताको चर्चा बढी हुँदा फलोअर्स बढ्न सक्छ। यसलाई अस्थायी रूपमा मान्न सकिन्छ, जहाँ ट्रेण्ड अनुसार फलोअर्स आउँछन् र जान्छन्।

खरिद गरिएका फलोअर्सहरू:

केही नेताहरू,  अभिनेता  वा प्रभावशाली व्यक्तिहरूले आफ्नो सामाजिक सञ्जालमा झुटो लोकप्रियता देखाउनका लागि फलोअर्स खरिद गर्नेगर्छन्। खरिद गरिएका फलोअर्सहरू प्रायः वास्तविक प्रयोगकर्ता होइनन्  र तिनीहरूलाई पत्ता लगाउन सकिन्छ।

निम्न स्तरको संलग्नता (एङगेजमेन्ट):  खरिद गरिएका फलोअर्सहरूले प्रायः पोस्टहरूमा लाइक, कमेन्ट, वा सेयर गर्दैनन्। यदि कुनै व्यक्तिको लाखौं फलोअर्स छन् तर पोस्टमा कम लाइक र कमेन्ट देखिन्छ भने, त्यो संख्यामा खरिद गरिएका फलोअर्सहरूको संकेत हुन सक्छ।

अनियमित वृद्धि: यदि फलोअर्सको संख्या अचानक र धेरै संख्यामा एकैपटक बढेको देखिन्छ भने त्यो खरिद गरिएको हुनसक्छ। सामान्यतः फलोअर्सको वृद्धि क्रमिक हुन्छ, तर एकाएक ठूलो उछाल प्राकृतिक हुँदैन।

स्प्याम वा बोट खाता:  खरिद गरिएका फलोअर्सहरू प्रायः बोटहरू हुन्छन्। यी खाताहरूमा प्रायः प्रोफाइल फोटो हुँदैन, गैरसक्रिय हुन्छन्, वा तिनीहरूको फिड खाली हुन्छ। यस्ता खाताहरूलाई फलोअर्स सूचीबाट जाँच गरेर छुट्याउन सकिन्छ।

थर्ड-पार्टी टूलहरू:  धेरै वेबसाइटहरू र एपहरू उपलब्ध छन् जसले तपाईंको फलोअर्सहरूको गुणस्तर जाँच गर्छन्। यस्ता टूलहरूले फलोअर्सको वास्तविकता, सक्रियता र संलग्नता विश्लेषण गर्न मद्दत गर्छ।

खरिद गरिएका फलोअर्सहरू सामाजिक सञ्जालमा दीर्घकालीन फाइदाजनक हुँदैनन्  किनभने तिनीहरू व्यावहारिक रूपमा कुनै प्रभाव पार्दैनन्, बरु यसले कुनै सार्वजनिक व्यक्तिको विश्वसनीयता घटाउन सक्छ। अहिले देशमा यही चर्चा जो चली रहेको छ:मेयर वा प्रम्, जुन बहस अतुलनिय र अशोभनिय बहस छ।

अधिकांश सामाजिक सञ्जालहरूमा स्प्याम फिल्टरहरू हुन्छन्, यी फिल्टरहरूले स्प्यामको विभिन्न प्रकारहरूलाई पहिचान गर्न विभिन्न प्रकारका प्रविधि र मापदण्डहरू प्रयोग गर्छन्।

 प्रयोगकर्ता-व्यवहार विश्लेषण:

 प्याटर्न पहिचान: यदि कुनै प्रयोगकर्ताले अत्यधिक फास्ट पोस्ट, लाइक, कमेन्ट, वा मेसेज पठाउँछ भने, यो गतिविधि अस्वाभाविक लाग्न सक्छ र स्प्याम हुन सक्छ।

आवधिक गतिविधि:  कुनै प्रयोगकर्ताले एउटा समय अवधिमा अत्यधिक पोस्टहरू वा मेसेजहरू पठाएको भएमा यो स्प्यामको संकेत हुन सक्छ। यस प्रकारका गतिविधिहरूलाई रोकिन्छ।

 कन्टेन्ट फिल्टरिङ:

किवर्ड फिल्टर: विशिष्ट स्प्याम सम्बन्धित शब्दहरू वा वाक्यांशहरू पहिचान गरेर पोस्ट वा मेसेजहरूलाई फिल्टर गरिन्छ। उदाहरणका लागि, ‘फ्री’, ‘क्लिक यहाँ’, वा ‘तुरुन्तै पैसा कमाउनुहोस्’ जस्ता शब्दहरूलाई स्प्याम फिल्टरहरूले प्रायः चिन्हित गर्छन्।

लिंक पहिचान: धेरै स्प्यामहरूमा शंकास्पद वा हानिकारक लिङ्कहरू हुन्छन्। यी लिङ्कहरूलाई ब्लक गर्न वा झिक्नका लागि कन्टेन्ट फिल्टरहरू प्रयोग गरिन्छ।

 कृत्रिम बुद्धि (AI) र मेसिन लर्निङ:

• नियमित अपडेटहरू: कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङ प्रयोग गरेर सामाजिक सञ्जालहरू स्प्याम फिल्टरहरूलाई अपडेट गर्छन्। AI ले स्प्याम पोस्टहरूको विश्लेषण गरेर नयाँ स्प्याम रणनीतिहरू पहिचान गर्दछ र त्यसका आधारमा फिल्टरहरूलाई सुधार गर्छ।

• असामान्य प्याटर्न पहिचान: AI मा आधारित प्रणालीहरूले निरन्तर सिकाइबाट प्रयोगकर्ताको असामान्य व्यवहार (जस्तै, बोट गतिविधि) पहिचान गरेर फिल्टर गर्छ।

प्रमाणीकरण र सुरक्षा:

 CAPTCHA: प्रयोगकर्ताहरूलाई स्प्याम बोटहरूबाट छुट्याउन CAPTCHA प्रयोग गरिन्छ। यो मानवलाई बोटहरूबाट छुट्याउने लागि सरल प्रश्नहरू सोधिन्छ वा चित्र वा अक्षरहरू चिनाउन लगाइन्छ।

 दुई-तह प्रमाणीकरण (2FA): सामाजिक सञ्जालमा स्प्याम रोक्न दुई तह प्रमाणीकरण प्रविधि प्रयोग गरिन्छ। यसले खाताहरूलाई सुरक्षित राख्न मद्दत गर्छ र बोट खाताहरूलाई नियन्त्रणमा राख्छ।

 प्रयोगकर्ता रिपोर्टिङ:

 स्प्याम रिपोर्ट गर्ने सुविधा: सामाजिक सञ्जालहरूमा स्प्याम पोस्ट, मेसेज वा प्रोफाइलहरूलाई रिपोर्ट गर्ने सुविधा दिइन्छ। प्रयोगकर्ताहरूले जब कुनै शंकास्पद गतिविधि भेट्छन्, तिनीहरूले सजिलै रिपोर्ट गरेर स्प्याम सामग्रीलाई चिन्हित गर्न मद्दत गर्न सक्छन्।

फ्ल्यागिङ सिस्टम:  धेरै रिपोर्टहरू आएपछि कुनै सामग्रीलाई स्वचालित रूपमा स्प्यामको रूपमा पहिचान गर्ने र हटाउने व्यवस्था पनि हुन्छ।

 नकली प्रोफाइल पहिचान:

 बोट खाताहरूको निगरानी:  स्प्याम फिल्टरले निष्क्रिय वा शून्य-संलग्न प्रोफाइलहरूलाई पहिचान गरेर ब्लक गर्न सक्छन्। नक्कली प्रोफाइलहरू वा बोटहरूले नियमित रूपमा गलत सूचना वा स्प्याम फैलाउँछन्, जुन स्वचालित रूपमा हटाइन्छ।

असामान्य नाम र प्रोफाइल डाटा: अपरिचित वा असंगत नामहरू,  प्रोफाइल फोटोहरू र संलग्नताको अभावले कुनै खातालाई नकली मान्न सकिन्छ।

 स्वचालित प्रतिक्रिया फिल्टर:

 ब्याच कमेन्ट वा मेसेजहरू रोक्नु:  एउटै सन्देश धेरै खातामा पोस्ट गर्ने वा एउटै प्रयोगकर्ताले धेरै सन्देशहरू पठाउने क्रियाकलापलाई स्वचालित रूपमा फिल्टर गरिन्छ। उदाहरणका लागि, “यो सामग्री क्लिक गर्नुहोस्” जस्ता सन्देशहरूलाई स्प्यामको रूपमा चिनिन्छ।

 दबाब र स्प्याम रिपोर्ट:

 हाई-प्रोफाइल/भाइरल पोस्ट:  धेरै पटक भाइरल हुन खोजिएका वा अत्यधिक ट्राफिक बटुल्न खोजिएका पोस्टहरूमा पनि स्प्याम सामग्री मिसाउने प्रयास हुन्छ, जसलाई रोक्न फिल्टरहरू सक्रिय हुन्छन्।

डिप फेक के हो?

डिप फेक (Deepfake) एक प्रकारको डिजिटल सामग्री हो, जुन कृत्रिम बुद्धि (AI) र मेसिन लर्निङ प्रविधिहरू प्रयोग गरेर बनाइन्छ। यो प्रविधिले तस्बिरहरू, भिडिओहरू, र अडियोहरूलाई यथार्थपूर्ण तरिकाले परिवर्तन गर्दछ, जसले मानिसहरूको अनुहार, आवाज, वा शरीरको गतिविधिलाई नक्कली बनाउँछ। डिप फेक टेक्नोलोजी विशेष गरी GANs (Generative Adversarial Networks) मा आधारित हुन्छ, जसले नक्कली सामग्रीलाई वास्तविकजस्तो देखाउन अत्यन्त सटीक परिणाम प्रदान गर्न सक्छ।

डिप फेकहरूलाई प्रायः मनोरञ्जन, विज्ञापन, र मिडियामा प्रयोग गरिन्छ, तर कहिलेकाहीँ गलत सूचना फैलाउन, मानहानि गर्न, वा हानिकारक उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ।

 सञ्जालहरूमा डिप फेक रोक्ने तरिका हुन्छन्?

डिप फेकलाई रोक्नका लागि विभिन्न सामाजिक सञ्जालहरूले विभिन्न प्रकारका प्रविधिहरू र रणनीतिहरू अपनाएका छन्। यसका केही उपायहरू यस प्रकार छन्:

 AI-आधारित डिटेक्शन टुल्स:  सामाजिक सञ्जालहरूमा AI प्रणालीहरूले भिडिओ र तस्बिरको विश्लेषण गर्छन् ताकि डिप फेक सामग्रीलाई पत्ता लगाउन सकियोस्। यो प्रणालीले नक्कली बनाउन प्रयोग गरिएका असामान्य ढाँचाहरू वा अनुहारको गतिविधिमा भएका भिन्नताहरू पत्ता लगाउन सक्छ।

 मानव-प्रमाणिकरण: कतिपय सञ्जालहरूले प्रयोगकर्ताहरूले पोस्ट गर्नुभन्दा पहिले सामग्रीलाई मानवीय समीक्षा प्रक्रियाबाट गुजार्छन्। यो धेरै महत्त्वपूर्ण र भाइरल हुन सक्ने सामग्रीहरूमा लागू हुन्छ।

 डिजिटल वाटरमार्किङ: डिप फेक पत्ता लगाउन, कतिपय सामाजिक सञ्जालहरूले डिजिटल वाटरमार्किङ प्रविधि प्रयोग गर्छन्, जसले नक्कली सामग्री पहिचान गर्न सहयोग पुर्‍याउँछ।

 प्रयोगकर्ता शिक्षाः  कतिपय सञ्जालहरूले प्रयोगकर्ताहरूलाई डिप फेकको बारेमा सचेत गराउन अभियान चलाउँछन्, ताकि उनीहरूले नक्कली सामग्री सजिलै पत्ता लगाउन सकून्।

दुरुपयोग कसरी बढ्यो

समयसँगै सामाजिक सञ्जालको प्रयोगमा केही चुनौती र दुरुपयोग पनि देखा पर्न थाले। दुरुपयोगको केही कारणहरू यस्ता छन्:

 गोपनीयता र व्यक्तिगत डाटाको हानिकारक प्रयोग:  विभिन्न सामाजिक सञ्जालले प्रयोगकर्ताको व्यक्तिगत जानकारीहरू सुरक्षित राख्न नसक्दा गोपनीयता उल्लंघन र व्यक्तिगत डाटा ह्याकरहरूले चोरी गर्न थाले।

 झूटा समाचार (Fake News):  प्लेटफर्महरूमा असत्य सूचना र गलत जानकारी तीव्र गतिमा फैलन थाले। गलत सूचना र अफवाहले विभाजनकारी राजनीतिक र सामाजिक मुद्दाहरूलाई अझ बढावा दियो।

 डिप फेक र साइबर अपराध:  सामाजिक सञ्जालमा गलत पहिचान बनाउने, फोटो र भिडियोहरूलाई तोडमरोड गरेर डिप फेक प्रविधिको प्रयोग गर्न थालियो। यसले मानिसहरूको इज्जतमा आँच पुर्‍याउन र गलत जानकारी प्रवाह गर्न भूमिका खेलेको छ।

अनलाइन उत्पीडन र दुर्व्यवहार:  साइबर बुलिङ, उत्पीडन, र धम्की दिन सामाजिक सञ्जालहरू माध्यम बन्न थाले, जसले मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको छ।

समग्रमा, सामाजिक सञ्जालको प्रयोग सुरक्षित बनाउनका लागि प्रविधि, कानून, र प्रयोगकर्ता सचेतना मिलाएर काम गर्नु आवश्यक छ। प्रयोगकर्ताहरूले नै नकारात्मक सामग्री वा दुरुपयोगको रिपोर्टिङ गर्न प्रोत्साहित गरिनु पर्छ। समुदायले सामाजिक मिडियामा स्वस्थ संवादलाई बढावा दिन सक्छ।

भविश्यमा AI र ब्लकचेन जस्ता प्रविधिहरूको प्रयोगले सञ्जाललाई अझै सुरक्षित बनाउनेछ, जसले गोपनीयता र सुरक्षामा सुधार ल्याउनेछ। सरकारहरू सामाजिक सञ्जालमा कडा निगरानी र नियमन ल्याउने सम्भावना छ, जसले दुरुपयोग रोक्न सहयोग पुर्‍याउनेछ।

यद्यपि, प्रविधिको विकाससँगै नयाँ प्रकारका दुरुपयोग, जस्तै डिप फेक, साइबर हमलाहरू, र गोपनीयताको उल्लंघनका जोखिमहरू पनि बढ्न सक्छन्। तर, प्रविधिमा भएका सुधारहरूले यी चुनौतीहरूको सामना गर्ने उपायहरू विकास गर्नेछन्।

सञ्जाल (सोसल मिडिया) को दुरुपयोग रोक्न चुनौतीपूर्ण छ, र सम्भव पनि। दुरुपयोग रोक्नका लागि विभिन्न कदमहरू चाल्न सकिन्छ।

स्पष्ट नीति र कानून: सरकार र नियामक निकायहरूले सामाजिक सञ्जाल प्रयोगमा स्पष्ट नियम र कानूनी प्रावधानहरू बनाउनु पर्छ। साइबर सुरक्षा, गोपनीयता, र दुरुपयोगसम्बन्धी कडा कानून लागू गर्नाले अपराध र दुरुपयोग घटाउन मद्दत गर्छ

• प्राविधिक उपाय स्पाम फिल्टर र बोट डिटेक्शन सिस्टम जस्ता प्रविधिहरू प्रयोग गरेर दुरुपयोगलाई नियन्त्रण गर्न सकिन्छ।

• AI (कृत्रिम बुद्धि) र मेशिन लर्निङ प्रणालीहरूले नक्कली समाचार, दुष्प्रचार, वा घृणास्पद भाषण पहिचान गर्न र हटाउन मद्दत गर्छन्। डिप फेक जस्ता समस्याहरू रोक्नका लागि प्राविधिक फिल्टरहरू प्रयोग गर्न सकिन्छ।

प्रयोगकर्ता सचेतना:

• प्रयोगकर्तालाई सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे शिक्षित गर्न र दुरुपयोग पहिचान गर्ने उपायहरू सिकाउन महत्वपूर्ण हुन्छ। गोपनीयता सेटिङहरू, पासवर्ड सुरक्षाको महत्त्व, र अनलाइन धोखाधडीको चिन्हहरूबारे सचेतना फैलाउनु पर्दछ।

 रिपोर्टिङ प्रणालीको सुदृढीकरण:

सामाजिक सञ्जालहरूले दुरुपयोगका घटनाहरू तुरुन्त रिपोर्ट गर्न र तीव्र कारबाही गर्ने सक्षम सिस्टमहरू राख्नु पर्छ। प्रयोगकर्ताहरूले सजिलै दुरुपयोग रिपोर्ट गर्न सक्ने प्लेटफर्महरू उपलब्ध गराउनुपर्छ।

 समुदाय आधारित नियन्त्रण:

प्रयोगकर्ताहरूले नै नकारात्मक सामग्री वा दुरुपयोगको रिपोर्टिङ गर्न प्रोत्साहित गरिनु पर्छ। समुदायले सामाजिक मिडियामा स्वस्थ संवादलाई बढावा दिन सक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *