सुनको मूल्य तोलामा १३ सय र चाँदीको ३० रुपैयाँले बढ्यो

डिसी नेपाल
२१ भदौ २०८१ ११:४०

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *