मुलुकलाई आर्थिक रुपमा सवल बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित : उर्जामन्त्री खड्का

डिसी नेपाल
२१ भदौ २०८१ १३:३५

काठमाडाैं। उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मुलुकलाई आर्थिक रुपमा सवल बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खड्काले दुई ठूला दल मिलेर बनेको अहिलेको सरकार स्थायी सरकार भएको भन्दै आर्थिक हिसावले मुलुकलाई सवल बनाउने आवश्यकतालाइ पूरा गर्न लागिपरेको बताएका हुन्।

उनले १० बर्षमा २८ हजार पाँच सय मेघावाट विद्युत उत्पादन गरि आन्तरिक खपतलाई बढाउँदै बाह्य देशमा बिक्रिबितरण गर्ने लक्ष्यलाई पूरा गर्न सवै सरोकारवालाहरुको साथ आवश्यक रहेको धारणा राखे।

मन्त्री खड्काले सोलार ऊर्जा उत्पादनका साथै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनका लागि स्वदेशमा नै व्याट्रीको फ्याक्ट्री खोल्नुपर्नेमा जोड दिए।वातावरणमैत्री ऊर्जा उत्पादनमा समेत सरकारको सकारात्मक साथ रहने उनको भनाइ छ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले काठमाडौँको भृकुटीमण्डपमा संयुक्त आयोजना गरेको एक्स्पो भाद्र २३ गतेसम्म चल्नेछ।

प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवं कण्डक्टर लगाएतका विद्युतीय उपकरणका स्टल राखिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *