केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

डिसी नेपाल
२१ भदौ २०८१ १६:०२

काठमाडौं । केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।

प्रहरीले यसको पुष्टि गर्दै बिहीबार राति न्यारी काउन्टीस्थित हिलसाइड अन्द्राशा प्राइमरीमा लागेको आगलागीको कारण नखुलेको जनाएको छ ।

धेरै बालबालिका गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यो एक निजी बोर्डिङ स्कुल हो, जहाँ ६ देखि १४ वर्षका बालबालिका अध्ययन गर्छन्।

समाचार एजेन्सी एएफपीका अनुसार यहाँ करिब ८०० बालबालिका अध्ययन गर्छन्।

केन्याका राष्ट्रपति विलियम्स रुटोछवि स्रोत,रायटर
छवि क्याप्शन,केन्याका राष्ट्रपति विलियम्स रुटोले घटनामा संलग्नलाई नछोड्ने बताएका छन् ।
राष्ट्रपति विलियम रुटोले घटनालाई “भयानक” र “विनाशकारी” भन्दै छानबिन गर्न आदेश दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् कि दोषीलाई छाडिने छैन।

उनले भने, ‘अनुसन्धानको आदेश दिइएको छ । गृह मन्त्रालयलाई पीडित परिवारलाई सक्दो सहयोग गर्न भनिएको छ ।”

प्रहरी प्रवक्ता रेसिल्ला ओनयान्गोले समाचार एजेन्सी एएफपीलाई बताइन् कि बरामद गरिएका शवहरू यति जलेका छन् कि पहिचान गर्न गाह्रो छ।

उनले राहत र उद्धार कार्य पूरा नभएसम्म थप शव निकाल्ने सम्भावना रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *