चल्न थाल्यो टिकटक

डिसी नेपाल
२१ भदौ २०८१ १६:४३

काठमाडौं। सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारले टिकटकका प्रतिनिधिहरुलाई विभिन्न शर्त राखेको थियो । सरकारले राखेको उक्त शर्तहरु परिपालना गर्न टिकटक सहमत भएसँगै गत भदौ ६ गते मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *