करेन्ट लागेर बालक मृत्युपछि क्षतिपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध

डिसी नेपाल
२१ भदौ २०८१ २१:४३

बैतडी। बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन्।

आज सिगास गाउँपालिका–९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले आज साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

वसन्तको आज दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो। उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *