गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले सहयोग गरौंः मुख्यमन्त्री कार्की

डिसी नेपाल
२२ भदौ २०८१ १३:५१

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।

२१औं निजामती सेवा दिवसका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्ने बताए। सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उहाँले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरु समर्पित हुनु जरुरी रहेकामा जोड दिए।

मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको जिकिर गरे।

निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उहाँले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गरे। उनले सन्देशमा र कर्मचारीहरु उच्च नैतिक आचरण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *