डोटीमा पहिरोमा परेर माइत जान लागेकी महिलाको मृत्यु

डिसी नेपाल
२२ भदौ २०८१ २३:१२

भदौ। डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर माइत जान लागेकी सोही वडाकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कौमतीदेवीको साथमा रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *