तेस्रो जनआन्दोलनको तयारी ?

डिसी नेपाल
२३ भदौ २०८१ ७:५२

काठमाडाैं। देशको मौजुदा संकटपूर्ण अवस्थावाट वाहिर निकाल्न यो शासन व्यवस्था र हालका नेताहरुबाट संभव नभएको भन्दै देशमा अब अर्को क्रान्तिको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।

राजधानीमा एक बैठकको आयोजना गरी नेपालमा प्रत्येक १०-१० वर्षमा ठूला आन्दोलनहरु भएको इतिहास रहेकाले अब तेस्रो जनआन्दोलनको उपयुक्त समय आएको निष्कर्ष निकालिए‌को छ।

मौजूदा शासन ब्यबस्थालाई नै खारेज गर्दै नयाँ व्यवस्था ल्याउने र भ्रष्ट्राचारीहरुलाई कडा कारवाही नगरी देश नबन्ने बैठकमा सहभागीहरु को धारणा रहेको बताइएको छ। यो सुरुवात मात्र भएको तथा छिट्टै नै तेस्रो जनआन्दोलनको बातावरण बनाइने बैठकमा सहभागी एक जानाले जानकारी दिए।

सो बैठकमा संविधान सभाका पूर्व सभासद विपी यादव, अधिबक्ताहरु वालकृष्ण न्यौपाने र स्वागत नेपाल, पूर्व गृहराज्य मन्त्री रिजबान अनसारी, राष्ट्रिय मुक्ति क्रान्तिका बुद्ध छिरिङ मोक्तान र सिएन थारू, हिन्दू सम्राट सेनाका उमेशकुमार सिंह, युबा अभियन्ताहरु हेमराज थापा, डा.निकोलस भुसाल, बबलु प्रसाद गुप्ता, सोम शर्मा, खेम राज साउदलगायतको सहभागिता
थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *