भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका विपक्षी नेताले देश छोडे

डिसी नेपाल
२३ भदौ २०८१ १४:५८

काठमाडौं । भेनेजुएला सरकारले राष्ट्रपति पदका उम्मेदवार विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेर स्पेनमा राजनीतिक शरण मागेको बताएको छ ।

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि एडमन्डो गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसयता उनी लुकेर बसेका थिए ।

राष्ट्रपति चुनावको नतिजामा सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको छ ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा भनेका छन् कि एडमन्डो गोन्जालेजले केही दिनअघि स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएपछि स्पेनी सरकारलाई राजनीतिक शरण दिन आग्रह गरेका थिए।

सरकारले आफ्नो सुरक्षित निकासीका लागि राजी भएको र आफू देश छाडेर गएको पनि उनले बताए ।

स्पेनका विदेशमन्त्री मानुएल अल्बेरेसले एडमन्डो गोन्जालेजले भेनेजुएलाबाट स्पेनी वायुसेनाको विमानमा उडेको बताएका छन् ।

भेनेजुएलामा चुनावी नतिजा आएपछि राजनीतिक उथलपुथल भएको छ ।

विपक्षी दलहरूले यो चुनावमा एडमन्डो गोन्जालेज विजयी भएको दाबी गरेका छन् । तर अमेरिका, युरोपेली संघ र केही ल्याटिन अमेरिकी देशहरूले मादुरोलाई राष्ट्रपतिको रूपमा मान्यता दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *