हाम्रो स्वाभिमान ट्रस्टद्वारा ११ औं हरितालिका तीज महोत्सव-२०२४ सम्पन्न

सुवास बस्नेत
२३ भदौ २०८१ १६:०१

नयाँ दिल्ली। हाम्रो स्वाभिमान ट्रस्टले ११ औं हरितालिका तीज महोत्सव- २०२४ नयाँ दिल्लीमा भव्यताका साथ सम्पन्न गरेको छ।नयाँ दिल्लीस्थित तालक टोराइंडोरस्टेडियममा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।

बीजेपी नेता अशोक ठाकुर, इंचार्ज अफ ऑल बीजेपी सेल्सद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो। दिउँसोको १ बजेदेखि सुरु भएको कार्यक्रम बेलुकी ८ बजेसम्म चलेको थियो। कार्यक्रममा दिल्ली एन.सी. आरमा रहने करिब २५ हजारभन्दा बढी नेपालीभाषी जनताको उपस्थिति रहेको थियो।स्टेडियमभित्र भन्दा बाहिर दर्शकको भिड धेरै देखिन्थ्यो। हजारौं दर्शक भित्र ठाउँ नपाएर बाहिर नेपाली पंचेबाजामा झुमी रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोक सभासांसद राजु बिष्ट उपस्थित थिए।त्यस्तै विशिष्ट अतिथिहरुमा अभिनव अय्यर (महाप्रबंधक मुथुड ग्रुप), राजेंद्रसिंह ( संस्थापक एभिएसडेरी), उमेशत नेज़ा (ग्लोबल हेल्केयर), कंचनगुरुंग ( संस्थापक कंचनडिकोरेटर्स), विष्णु गुरुङ , धर्मराज थापा, मीनादेवी, ओमप्रकाश शर्मा, लक्ष्मी बराल जस्ता प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

तीजको दिन नारीहरुको निर्जला उपवास भएता पनि उनको उमंग र जोश झल्किरहेको थियो।आफ़नो नेपाली सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्दै नारीहरु रातोसारीमा सजिएकाथिए। नृत्यले कार्यक्रममा उत्साहका साथ सबैलाई उर्जा प्रदान गरेको थियो।हरितालिका तीज महोत्सवमा विभिन्न कार्यक्रमहरु आकर्षणका केद्रमा रहेका थिए। जसमा राष्ट्रिय पुरस्कार समारोह, साथै डाक्टर युवराज भट्टराई (साहित्यपुरस्कार पुरस्कृत) नेपाली भाषामा पहिलो पुस्तक अन्तर्नादको विमोचन समारोह, नेपाली फ़िल्म यो मन त मेरो नेपाली हो को प्रमोशन एवं सांस्कृतिक कार्यक्रम समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।

ट्रस्टले प्रत्येक वर्ष विभिन्न विधामा प्रदान गर्ने पुरस्कार यस वर्ष पनि निरन्तरता दिएको छ।जसमा नेपाली साहित्य पुरस्कार (२०२४ उत्तम क्षेत्रीलाई प्रदान गरिएको छ।श्रीमती गीता शर्मालाई नेपाली साहित्य पुरस्कार पद्य(२०२४ले विभूषित गरिएयो भने श्रीमती शीला लामालाई नेपाली साहित्य पुरस्कार गद्य(२०२४, तथा दीपक राईलाई नेपाली साहित्य पुरस्कार पत्रकारिता(२०२४ले सम्मानित गरिएको थियो।समाज सेवाका लागि गोरखा समाजका प्रतिष्ठित वरिष्ठ समाजसेवी राजूशंकर र शिरीष राईलाई सम्मानित गरिएको थियो।

सांस्कृति ककार्यक्रम अत्यन्तै रोचक अनीआकर्षक रहको थियो।पंचपंडितद्वारा शान्तिपाठ, शास्त्रीय संगीतकोगु णीकलाका र रंजना अय्यरद्वारा गणेशवंदना, अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार सुमित्रा कोइराला, पन्नुगज़मे( नटराज कलाकेन्द्र दार्जिलिङ, अभिनेता रोशन श्रेष्ठ, निर्माता शिवम् अधिकारी, कल्पना बिस्ट, सोनू अन्नू -त्रिलोकी ग्रुप, प्रिया टेरेसा, रंजिता सुंदास, विनोद लाबर, विक्रम खत्री, निशु ग्रुपलगायत विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

हरितालिका तीजको कार्यक्रम सफल पार्नको लागि महिनौंदेखि अहोरात्र खटेर योगदान दिने ट्रस्टका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई महासचिव अनीता क्षत्रीलेखधन्यवाद समेत ज्ञापन गरेकी थिइन्। संस्थाका पदाधिकारीहरु नारायण श्रेष्ठ(अध्यक्ष), शिबालाल ज्ञवाली(कार्यकारीअध्यक्ष), डा.युवराज भट्टराई(राष्ट्रीयसचिव), अनिता ज्ञवाली (महिला अध्यक्ष), कमला पोखरेल (महिला उपाध्यक्ष), सक्रिय सदस्यहरुमा हरिकला गैरे, मीना पंथी, बिंदु, श्रीजना, निहारिका, करन खड़का र बीदियाली, सुष्मिता सिंचुरी, सपना राई, अमित सुब्बा, प्रकाश राणा, प्रकृति, पवन, कुसुम लगायत समस्त हाम्रो स्वाभिमानका कार्यकारिणी सदस्यहरुद्वारा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *