स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित

डिसी नेपाल
२४ भदौ २०८१ ७:५९

काठमाडौँ । स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो । त्यसैगरी स्वीजरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।

स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीजरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *