छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
काठमाडौं । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौं घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् ।
जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको उनले लेखेका छन् । प्रशासनलाई राम्रो उपचारको व्यवस्था र अन्य आवश्यक निर्देशन दिन निर्देशन दिइएको छ ।
मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ । म दिवंगत आत्माको चिरशान्ति र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”
प्रतिक्रिया
Facebook Comment