केन्टकीमा मोतीजयन्ती सम्पन्न

दधिराम खतिवडा
२५ भदौ २०८१ ९:२८

अमेरिका। अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) केन्टकी च्याप्टरको प्रमुख संयोजनमा १५८ औँ मोती जयन्तीको अवसर पारेर बृहत् रचनावाचन कार्यक्रम भब्यताकासाथ सम्पन्न गरेको छ।

केन्टकीमा राज्यको लुइभिल सहरमा आयोजित उक्त काव्यसभा अनेसासका केन्द्रीय सभापति एवंम् साहित्यकार सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
साहित्यको बहुआयाम मिश्रित उक्त काव्यिक समारोहमा दर्जनौँ स्रष्टा सर्जकहरूले कविता, गजलवाचन, गजल गायन र गीतसंगीत समेत प्रस्ततु गरेका थिए।

आधुनिक बहर छन्दका अग्रणी गजलकार जीवन निरौलाद्वारा धाराप्रवाह शैलीबाट सन्चालित कार्यक्रम अत्यन्त रोचक बनेको थियो।

सर्जकद्वय अतुल पोखरेल, डा. थोमस बास्तोला, बद्री दाहाल, रेखा जोशी, किशोर सुवेदी, अर्जुन थापा, खेम रेग्मी, राधा थापा, श्रीया खरेल, चम्पा गौतमले बिभिन्न छन्द र रसले भरिएका सृजनाहरू प्रस्तुत गरेका थिए।

त्यसैगरी गुन्जय सापकोटा, रूपेश ताम्राकार एवंम् राजु रसाइलीको बेजोड सांगीतिक प्रस्तुतिले साहित्यिक कार्यक्रम अझै रसिलो बनेको थियो। कार्यक्रमकको दौडानमा बालकलाकारको नृत्य र सांगीतिक प्रस्तुती दर्शक दिर्घाको मुख्य आकर्षण बनेको थियो।

साहित्यिक मन्तब्य ब्यक्त गर्दै अनेसासका सभापति वाग्लेले प्रवासमा नेपाली भाषा, साहित्य पुस्तान्तरण, साहित्य सर्जकका काव्य कृतिहरूको ब्यवस्थापन तथा अभिलेखका निमित्त नेपालमा अनेसासको निजी पुस्तकालय स्थापना, प्रवासमा बालबालिका लक्षित अनलाइन नेपाली भाषा कक्षा सन्चालन गरिने संस्थागत उद्देश्य रहेको प्रष्ट्याए।

विगतको केन्टकी साहित्य परिवार, अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) संग आबद्द भई हालै बद्री दाहालको नेतृत्वमा केन्टकी च्याप्टर गठन भएको हो। मोती जयन्ती केन्टकीमा पाँचौ शृङखलाको साहित्यिक गतिबिधि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *