केदारनाथ राजमार्गमा पहिरो खस्दा केही यात्रु पुरिएको आशंका

डिसी नेपाल
२५ भदौ २०८१ १२:२३

काठमाडौं । उत्तराखण्डको सोनप्रयाग र रुद्रप्रयागबीच सोमबार गएको पहिरोमा परी केही यात्रु पुरिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार केदारनाथ राष्ट्रिय राजमार्गमा पहिरो खसेको हो । अहिले भग्नावशेषबाट यात्रुको सकुशल उद्दारका लागि राहत कार्य जारी छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाको जानकारी दिँदै यात्रुको सुरक्षाको कामना गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन् , “अत्यन्तै दुखद खबर प्राप्त भएको छ कि सोनप्रयाग-मुंकटिया (रुद्रप्रयाग) बीचको भग्नावशेषमा केही यात्रु पुरिएका छन्।”

“स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म पनि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा छु र उद्धार कार्यको निगरानी गरिरहेको छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *