उपसभामुखलाई राजीनामा दिन एमालेका सांसद गोकुल बास्कोटाको सुझाव
काठमाडौं। नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ।
एमालेका सांसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका हुन्।
सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन्।
उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन्। उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने साहस राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए।
सांसद बास्कोटाले उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको भन्दै भ्रम नफैलाउन आग्रह गरे।
Facebook Comment