खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालय अगाडि बढ्छ: खेलकुदमन्त्री चौधरी

डिसी नेपाल
२५ भदौ २०८१ २०:२७

दोलखा। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै युवा तथा खेलकुद मन्त्रालय अगाडि बढ्ने बताएका छन्।

नेपाल विद्यार्थी संघ दोलखाले आज आयोजना गरेको स्व भीमबहादुर तामाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले कीर्तिपुरस्थित क्रिकेट मैदान स्तरोन्नति तीन सय दिनभित्रै पूरा गर्ने बताए।

उनले केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए। कीर्तिपुर खेलमैदानमा निर्धारित समयमा प्यारापिट, फ्लडलाइट जडान हुने उनको भनाइ थियो।

मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई कास्य पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धनलाई सरकारकातर्फबाट कर छुट गरेर रु ६५ लाख नगद शुक्रबार हस्तान्तरण गरिने बताए।

दोलखालगायत हिमाली जिल्लामा पनि खेल क्षेत्रको विकासका लागि सरकारले महत्वपूर्ण योजना बनाइरहेको उनले बताए। कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, नेता ईश्वर नारायण मानन्धरलगायतले मन्तब्य व्यक्त गरेका राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *