अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित

डिसी नेपाल
२६ भदौ २०८१ ७:२६

काठमाडौं। दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो। कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए।

यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो। अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *