एकीकृत समाजवादसँग एकता गर्न प्रचण्ड आतुर, तत्काल एकता नगर्ने पक्षमा माधव नेपाल

दिपा पौड्याल
२६ भदौ २०८१ ७:५८

काठमाडौं। एमालेसँगको सहकार्यबाट धोका पाएको, देशी विदेशी शक्तिले पार्टी विभाजन गर्न चलखेल गरेको, पार्टी सबै मोर्चामा कमजोर रहेको निष्कर्ष निकालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकीकृत समाजवादीसँग तत्काल एकता नहुने भएपछि निराश भएका छन्।

एकीकृत समाजवादी मात्रै होइन, केही समय अगाडिसम्म माओवादीमै रहेका प्रभु साहसमेत माओवादीसँग एकता गर्न तयार नभएपछि यतिबेला प्रचण्ड निराश भएका हुन्।

पार्टीभित्र उनको विकल्प खोज्नुपर्ने जनमत बलियो बन्दै जाँदा त्यसलाई मथ्थर पार्न एकीकृत समाजवादीसँग एकता गर्ने प्रचण्ड प्रयास असफल भएको छ।

प्रचण्डको सबैभन्दा ठूलो भरोसा नेकपा एकीकृत समाजवादीमा थियो। तीन वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी  तत्कालै कुनै दलसँग एकता नगर्ने अवस्थामा पुगेको छ।

हालै सम्पन्न महाधिवेशनपछि बनेको पदाधिकारी टिम नै एकता विरोधी बनेपछि एमाले र माओवादी केन्द्र दुवैतिर तत्काल एकता नगर्ने अवस्थामा पुगेको हो।

प्रचण्डले कांग्रेस र एमालेसँग गठबन्धन परिवर्तन गर्न थालेपछि उनी स्वयं नै सरकारबाट गलहत्याइएका थिए।त्योसँगै माधव नेपालको दोस्रो पटक प्रधानमन्त्री हुने सपना तुहिएको थियो। प्रचण्डसँग पार्टी एकता हुँदा माओवादीलाई नरुचाउने नेताहरू फटाफट एमालेतिर फर्कने डरका कारणले पनि तत्काल पार्टी एकता गर्न माधव र झलनाथ तयार नदेखिएको स्रोतको दाबी छ।

एमालसँग आफ्नो अनुकुलतामा एकता गर्ने तयारी भएको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भन्दा पनि व्यक्तिलाई पार्टीमा लैजाने प्रवृत्ति सुरु गरेपछि एमालेसँग तत्काल एकता नहुने निचोडमा एकीकृत समाजवादी पुगेको छ।

एकीकृत समाजवादीमा आएको पछिल्लो पदाधिकारी फेरबदलले तत्काल एकता गरेर बलियो बन्ने प्रचण्डको योजना पूरा नहुने भएको हो। माओवादीसँग पार्टी एकता नगर्न सम्मानित नेता झलनाथ खनालसहित पदाधिकारीले अध्यक्ष नेपाललाई चर्को दबाव दिएका थिए।

‘अहिले पार्टी एकताको कुरा छैन, पार्टी निर्माण गर्ने अभियानमा छौं,’ एक पदाधिकारीले भने। पार्टीभित्र आफू अप्ठेरो अवस्थामा परेपछि प्रचण्डले एकीकृत समाजवादीसँग एकताको कुरा धेरै अगाडि बढिसकेको बताउँदै आएका थिए।

पार्टीका विभिन्न बैठकमा प्रचण्डले यस्तो धारणा राखेको भएपछि एकीकृत समाजवादीका नेताहरुले एकताको कुराकानी चल्नु राम्रो भएपनि एकता भन्दा सहकार्य गर्ने विषयमा मात्रै कुराकानी भएको बताउँछन्।

‘माओवादी अध्यक्षबाट आएको प्रस्तावमा हाम्रो छलफल भएको छैन हामी आफ्नै पार्टी बनाएर जानुपर्छ’, पार्टीको बैठकमा माधवकुमार नेपालले नेताहरुलाई भनेका थिए। पदाधिकारीहरुको अनौपचारिक बैठकमा नेपालले यसो भनेपछि अन्य नेताहरुले पनि यसलाई बढी उचाल्नु जरुरी नभएको बताउँदै आएका छन्।

गत असारमा सम्पन्न महाधिवेशनमा कायकर्ताले दिएकोा सुझावका आधारमा अन्य दलसँग एकता नगर्ने तर सहकार्य गरेर जान सकिने निर्णय गरेको थियो। प्रचण्डले एकीकृत समाजवादी माओवादी केन्द्रसँग एकता हुने हल्ला चलाएको र त्यसले पार्टीका कार्यकर्ताहरुलाई अलमलमा पारेका पनि नेताहरुको गुनासो रहेको छ।

गत निर्वाचनमा एकीकृत समाजवादी आफैंले एकताको प्रस्ताव गरेको तर माओवादीले त्यतिबेला ध्यान नदिएकाले अहिले अहिले एकीकृत समाजवादीका अधिकांश नेता कार्यकर्ताले पार्टी निर्माणमा जोड दिइरहेको एक नेताले बताए।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएको अवस्थामा प्रतिनिधि सभामा ४२ सिट हुन जान्छ । यसकारण पनि प्रचण्डले आफू बलियो हुनका लागि एकीकृत समाजवादीसँग एकता गर्न चाहेको नेताहरूको तर्क छ।

यति मात्र होइन ०८४ को निर्वाचनमा एउटै चुनाव चिन्ह बनाएर अगाडि बढ्नका लागि प्रचण्डले एकीकृत समाजवादीलाई प्रस्ताव गरेका छन्। साथै पार्टी बलियो भएमा माधव नेपाललाई प्रधानमन्त्री बनाइदिने पनि प्रचण्डको आश्वासन रहेको छ।

तर त्यही आश्वासनमा पर्दा कांग्रेससँग मिलेर सरकार बनाएसँगै आगामी पुसमा प्रधानमन्त्री हुने माधवको साइत थियो। तर प्रचण्डले कांग्रेस र एमालेसँग गठबन्धन परिवर्तन गर्न थालेपछि उनी स्वयं नै सरकारबाट गलहत्याइएका थिए।

त्योसँगै माधव नेपालको दोस्रो पटक प्रधानमन्त्री हुने सपना तुहिएको थियो। प्रचण्डसँग पार्टी एकता हुँदा माओवादीलाई नरुचाउने नेताहरू फटाफट एमालेतिर फर्कने डरका कारणले पनि तत्काल पार्टी एकता गर्न माधव र झलनाथ तयार नदेखिएको स्रोतको दाबी छ।

महाधिवेशनपछि माधव नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरुल पार्टी बलियो बनाइने दाबी गरिरहँदा केही नेताहरु पदाधिकारी र जिम्मेवारीविहीन रहेका छन्।

तत्काल उनीहरुको व्यवस्थापन गर्नुपर्ने भएकाले पनि अहिले नेताहरुको ध्यान पार्टी एकता भन्दा नेताहरुको व्यवस्थापनतिर रहेको एक नेताले बताए। उपाध्यक्षमा विरोध खतिवडा र रामकुमारी झाँक्री जस्ता नेता हारेपछि उनीहरुको व्यवस्थापनमा पार्टी लाग्नुपर्ने दबाब रहेको छ।

पार्टीका निवर्तमान उपाध्यक्ष प्रमेश हमाल, डा बेदुराम भुसालले पनि जिम्मेवारी पाएका छैनन्। सांसदद्वय प्रेम आले र कृष्णकुमार श्रेष्ठ पार्टीको जिम्मेवारीमा छैनन्। उनीहरू सांसद पद जोगाउन मात्रै चुप लागेको एमाले नेताहरूको दाबी छ।

उनीहरु ढिलो चाँडो एमालेमा फर्किने एमालेका नेताहरुले बताउँदै आएका छन्। एकीकृत समाजवादी आन्तरिक विवादमा फसेको बेला एकता हुने देखेपछि प्रचण्ड झन् तनाबमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *