युएन महासभामा जान सचिव लम्सालको राजदूतको नियुक्तिको निर्णय स्थगन

डिसी नेपाल
२६ भदौ २०८१ १०:१७

काठमाडौं। परराष्ट सचिव सेवा लम्सालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजदूत नियुक्तिको निर्णय तत्कालका लागि स्थगन गर्न बाध्य पारेकी छिन्।

पहिलो महिला पराष्ट सचिवलाई पूरा कार्यकाल काम गर्न नदिएको भन्दै सार्वजानिकरुपमा बोल्ने भन्दै प्रधानमन्त्री ओलीलाई धम्क्याएपछि प्रधानमन्त्री ओली राजदूत नियुक्तिको लम्सालको निर्णय तत्कालका लागि स्थगन गर्न बाध्य भएका हुन्।

बालुवाटारस्रोतका अनुसार, लम्सालले १७ जना राजदूतहरुको नियुक्तिको निर्णयसँगै उनलाई पनि बेल्जियमका लागि राजदूत पदमा गरिएको नियुक्तिमा चरम असन्तुष्टि जनाएकी थिइन्। उनको प्रस्ताव पराष्ट मन्त्रालयबाट नलगी प्रधानमन्त्री स्वयंले ठाडो प्रस्ताव गरेका थिए।

तर, निर्णयपछि लम्सालले प्रधानमन्त्री ओलीलाई भेटी महिला सचिवलाई पूरा कार्यकाल काम गर्न नदिएको भन्दै सार्वजानिक अभिव्यक्ति दिने भन्दै असन्तुष्टि पोखेकी थिइन्। उनले आफू पुरै समय सचिव पदमा काम गर्न पाउनु पर्ने पनि प्रधानमन्त्रीसँग माग गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले पूरै कार्यकाल काम गर्न सहमति जनाएपछि उनको राजदूतको निर्णय सार्वजानिक नै गरिएन र संसदीय सुनुवाई पनि पठाइएन। त्यसपछिको अर्को भेटमा लम्सालले कार्यकाल सकिने बेलामा आफूलाई राजदूत बनाउन प्रधानमन्त्रीसग माग गरेपछि उनीसँग प्रधानमन्त्री ओली भड्किएका थिए।

एकबर्षमा लम्सालको म्याद सकिने र त्यसयता कुनै पनि राजदूत पद खाली नहुने अवस्था रहेकोले त्यसबेला पद दिन नसक्ने ओलीले बताएपछि लम्सालले युएनको साधारणसभामा जान पाउनु पर्ने माग गरिन्।

स्रोतका अनुसार, सो साधारणसभामा सचिवको हैसियतमा भाग लिने र त्यसपछि राजदूतको सिफारिसको निर्णय सार्वजानिक होस् भन्ने चाहाना राखिन्। उनको चाहना बमोजिम नै भदौ १७ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई बेल्जियमका लागि राजदूत र चित्रलेखा यादवलाई अष्टेलियाको राजदूत बनाउने निर्णय सरकारले गरेको छ।

तर, यो निर्णय पनि तत्काल गोप्य राखी यादवको मात्र सार्वजानिक गरिएको छ। राजदूत पदमा नियुक्तिको निर्णयलाई स्थगन गरेर परराष्ट सचिव सेवा लम्साल संयुक्त राष्ट संघीय महासभामा सरकारी टोलीमा समावेश भई अमेरिका जाने भएकी छन्।

उनी महासभामा भाग लिँदा दिँदै वा फर्किएपछि उनको राजदूत नियुक्तिको निर्णय सार्वजानिक गरिनेछ र फर्केपछि उनी सचिव पद हस्तान्तरण गरी राजदूत बन्ने प्रक्रियामा लाग्ने छिन्।

मोदीबारे ओलीको निर्देशनमा हेलचेक्रयाइँ

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट सचिव लम्साललाई राष्टसंघीय महासभामा न्यूयोर्क जाँदा साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट मिलाउन निर्देशन दिएका थिए।

तर, यससम्बन्धी कुटनैतिक प्रक्रिया समयमै सचिवले शुरु नगर्दा भारतीय प्रधानमन्त्री मोदीको समय तालिका मिलाउन असम्भव भएको छ। स्रोतका अनुसार, कुनै ठूलै परिवर्तन नभए न्यूयोर्कमा मोदी र ओलीका बीच भेटवार्ता हुने छैन।

मोदी जम्मा दुई दिनका लागिमात्र न्यूयोर्क जाने भएको र अन्य कार्यक्रमहरु तय भएकाले समय मिलाउन नसकिएको जानकारी नेपाललाई प्राप्त भएको छ। त्यसो त सार्क विदेशमन्त्रीस्तरीय बैठक पनि यसपटक न्यूयोर्कमा नहुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *