दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको फिल्मको गीतको भ्युज १ अर्ब पुग्यो

डिसी नेपाल
२६ भदौ २०८१ ११:२७

काठमाडौं । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ को गीत ‘खैरियत पुछो’ युट्युबमा १ अर्ब पटक हेरिएको छ । अभिनेताको ४ वर्ष पहिले निधन भइसकेको छ । सुशान्तको फिल्मी करियरमा एमएस धोनी – द अनटोल्ड स्टोरी, छिछोरे, केदारनाथ र काई पो चे जस्ता उत्कृष्ट फिल्महरू सामेल छन्।

छिछोरे फिल्म सन् २०१९ मा रिलिज भएको थियो । यस फिल्ममा सुशान्त सिंह राजपुतसँग श्रद्धा कपूर पनि देखिएकी थिइन् । यस फिल्मको एउटा गीत ‘खैरियत पुछो’ यतिबेला मानिसहरुको रोजाइमा परेको छ । यो गीतमा सुशान्त र श्रद्धाबीचको केमेस्ट्री देख्न सकिन्छ ।

यो गीतले धेरै रेकर्ड पनि तोडेको छ । यो गीतले युट्युबमा अहिलेसम्म १०० करोडभन्दा बढी भ्युज पाएको छ र यो क्रम निरन्तर बढिरहेको छ । सुशान्तको यो गीतमा मानिसहरुले निकै कमेन्ट पनि गरिरहेका छन् ।

सुशान्त सिंह राजपूतको मृत्यु १४ जुन २०२० मा भएको थियो । उनको निधनको चार वर्ष पूरा भएको छ । तर अहिलेसम्म उनको मृत्यु रहस्यमै छ ।

सुशान्त सिंह राजपूतको अभिनय करियर टिभीबाट सुरु भएको थियो । ‘पवित्र रिश्ता’ नामक सिरियलमा मानवको भूमिका खेलेर उनी घर–घरमा चर्चामा आएका थिए । उनले आफ्नो अभिनय यात्रा सेकेन्ड लीडबाट सुरु गरे ।

सुशान्तले सन् २००८ मा प्रशारण भएको शो ‘किस देश मे है मेरा दिल’ बाट डेब्यू गरेका थिए। बिना कुनै गडफादर सुशान्त सिंहले बलिउडमा पनि आफ्नो पहिचान बनाएका थिए । उनको फिल्म एमएस धोनी–द अनटोल्ड स्टोरी निकै हिट भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *