दिनमा धेरै पटक अदुवाको चिया पिउनुहुन्छ ? होसियार यस्तो हुन सक्छ

डिसी नेपाल
२६ भदौ २०८१ १३:३६

काठमाडौं। चिसो दिनमा अदुवाको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । बिहानको चियामा अदुवा नलगाएको चिया खान खासै मन पर्दैन । अदुवा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ तर अदुवाको चिया धेरै पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुनुको सट्टा हानिकारक साबित हुन सक्छ ।

अदुवाको चियाको अत्यधिक सेवनले पेटको समस्या निम्त्याउन सक्छ । यसबाहेक अदुवाको चिया बढी पिउनुले पनि रक्तचाप घटाउन सक्छ। यदि तपाई पनि अदुवाको चिया पिउने शौकीन हुनुहुन्छ भने जान्नुहोस् यसका बेफाइदाहरु के के छन् ?

अदुवाको चिया पिउनुका बेफाइदाहरुः
पेटमा एसिड बढ्न सक्छ – दिनमा १–२ कप हल्का अदुवाको चिया पिउनाले खासै नोक्सान हुँदैन, तर दिनमा धेरै पटक चिया अदुवाको चिया पिउने र चियामा अदुवाको धेरै प्रयोग गर्दा पेटमा ग्यास हुन सक्छ एसिडिटी र क्र्याम्पको समस्या हुने गर्दछ। पेटसम्बन्धी समस्या भएकाहरूले अदुवाको चिया पिउनु हुँदैन ।

रगतलाई पातलो बनाउँछ – अदुवाले रगतलाई पातलो बनाउने काम गर्छ। यस्तो अवस्थामा जसको रगत पहिले नै पातलो छ भने अदुवाको चिया पिउँदा हानि हुन सक्छ । यस्ता व्यक्तिले अदुवाको चिया पिउनु हुँदैन ।

रक्तचाप कम गर्छ – उच्च रक्तचापका बिरामीका लागि अदुवाको चिया फाइदाजनक हुन्छ तर यदि तपाईको रक्तचाप कम रहन्छ भने अदुवाको चिया नखानुहोस् । अदुवामा रक्तचाप कम गर्ने तत्व हुन्छ । जसका कारण कम रक्तचापका बिरामीले थप समस्या भोग्न सक्छन् ।

गर्भावस्थामा पिउनु हुँदैन – गर्भावस्थामा अदुवाको चिया बढी पिउनु हुँदैन । यसले पेटमा तातो हुन सक्छ। अदुवा तातो प्रकृतिको हुने भएकाले यसलाई पिउनाले ग्यासको एसिडिटीको समस्या अझ बढ्न सक्छ । अदुवाको अत्यधिक सेवनले गर्भमा रहेको बच्चालाई पनि हानि पुर्‍याउँछ।

एलर्जी हुन सक्छः धेरै पटक मानिसहरूलाई केहि खानेकुराबाट एलर्जी हुन्छ। यस्तो अवस्थामा अदुवाको चिया पिएपछि एलर्जीबाट पीडित व्यक्तिलाई छालामा चिलाउने, दाग र सुन्निने समस्या देखिन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *