राजनीतिक परिवर्तनले जन्माएको अस्थिरता

शंकरप्रसाद रिजाल
२७ भदौ २०८१ ७:३०

नेपालमा १०४ वर्षको निरंकुश जाहानिया रानाशाशन पश्चात प्रजातन्त्र र देश बिकासको नाममा थुप्रै पटक निर्वाचन भए। यो चुनाबको लहर सर्बप्रथम २००४ साल हुँदै २०१०, २०१५, २०१८, २०२०, २०३२, २०४८, २०५४, २०५६, २०७४ र २०७९ सम्म चल्यो।तर गणतन्त्र र लोकतन्त्र पश्चात भएको आम निर्बाचन २०७४ र २०७९ नै हो।

यो भन्दा अगाडि भएका सबै जसो निर्बाचन स्थानीय र केही आम चुनाब नै हो। तर बहुदलीय पञ्चायती ब्यबस्थामा भएको निर्वाचन ठिक थियो। राजतन्त्रात्मक व्यवस्था भएकोले राजा एकताको प्रतिक थिए भने देशल मियो पाएको थियो।

देश हिन्दु राष्ट्र थियो। विकास र स्थिरता र आर्थिक र कृषि उत्पादन र उद्योग पनि सन्तोषजक रुपमा नै चलिरहेका थिए। युवा युवतीहरु बिदेशपलायन हुने दौड कम थियो। तर देशका नेताहरुको अर्कमण्यता, अदूरदर्शिता, जवाफहीनता, लोभ र दासवृत्तिको कारण देशमा बिस्तारै अन्योलको अवस्था सृजना भयो।

विस्तारै मुलुकम विदेशी हस्तक्षेप बढ्न थाल्यो र त्यो हस्तक्षेप अहिले उत्कर्षमा पुगेको छ। नेताहरु नेपालको कम विदेशीको ज्यान हुन थालेका छन्। मुलुकलाई विभिन्न प्रयोगको प्रयोगशाला बनाइयो। विदेशीकै इशारामा माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो। यो द्वन्द्व दश वर्षसम्म चल्यो।

जसमा दशौं हजार निहत्या जनताको हत्या भयो। हजारौं घाइते र अपांग अहिले पनि न्यायको खोजीमा भौंतारिरहेका छन्। त्यही बीचमा राजा वीरेन्द्रको सम्पूर्ण बंश नाश हुने गरी राजदरबार हत्याकाण्ड भयो। त्यसपछि केही समयको लागि ज्ञानेन्द्रलाई राजा बनाइयो।

राजनीतिक परिवर्तनको नाममा २५० वर्ष लामो इतिहास बोकेको राजतन्त्रलाई विदाइ गर्ने गरी मुलुकमा गणतन्त्र स्थापना गरियो। आखीर २०६२-०६३ मा राजतन्त्रको अन्त्य भइ लोकतान्त्रिक गणतान्त्रिक नयाँ व्यवस्थाको सुरुवात गरिएको छ। राजाको ठाउँमा पार्टीप्रति वफादार राष्ट्रपति बने।

सम्पूर्ण नेपालीको राष्ट्रको रागट्रपति बन्न सकेनन्। प्रधानमन्त्रीहरु भने नयाँ माओबादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र अर्का जल्दाबल्दा नेता डा. बाबुराम भट्टराइ बने भने अरु प्रधानमन्त्रीहरु उही पुरानै सोच र विचारका हुँदै गए। २०६२ ÷०६३ पछि देशका हरक्षेत्रमा पहिलेको भन्दा बिकास हुनु पर्ने थियो।

तर त्यसको उल्टो देशमा अस्थिरताको बाढी आउन थाल्यो। राष्ट्रपति नाम मात्रका भए भने प्रधानमन्त्रीहरु भर्खरको नयाँ ब्यबस्थामा गम्भीर भई शासन चलाउनु पर्नेमा त्यसको विपरित उन्माद, घमण्ड र लोभ बोकी तथानाम गर्न थाले।

सेना चलाउन थाले, प्रहरी प्रशासन हल्लाउन थाले, न्यायालय भत्काउन थाले, प्रधानन्यायधीशमाथि महाअभियोग लगाउन थाले। सरकारी संयन्त्रमाथि घोडा चढ्न थाले। नियम कानुन मिच्न थाले। भ्रष्टाचार गर्दिन भन्दै भ्रष्टाचार गर्न थाले।

यसको साथसाथै अनेक काण्डहरु मच्चाइ भित्रभित्रै अकुत सम्पत्ति कमाई पार्टी र चुनावको लागि पोस्ने कामको तीब्र थालनी भयो। माफियातन्त्रको बिकास हुँदै गयो र देशको सबै मानव बिकासका पक्षहरु धारासायी बन्दै गए। शिक्षा बाउचाको पसल जस्तो बन्न गयो। स्वास्थ्यमा लापरवाही र महँगी बढ्दै गयो।

अनुत्पादकवस्तुमा सरकारको ढुकुटीको प्रशस्त अपचलन हुँदै गयो। उद्योग कारखाना बन्द र बेचिए। सारा युवाहरु रोजगारको लागि बिदेसिन बाध्य भए।

खर्चको नाममा नयाँ संबिधान बनाउने नाममा ६-७ अरब खर्च गरियोर चुनाब, चुनाब भन्दै २०७४ र २०७९ मा फेरि अकुत सम्पत्ति खर्च गरी अपुरणीय र आफूलाई फाइदा हुने मात्र संबिधान बनाए। राजनीतिमा मिलोमितो गरी आफू आफू मिलेर आफ्ना आसेपासेलाई

टन्न कमाई ख्वाउन पट्टि लागे र सारा गरिव किसानको दुध र उखुको पैसा नदिने तथा निमुखा जनताको सहकारीमा रहेको पैसा लुट्नेलाई संरक्षण गर्ने काम सरकारले गरिरहेको छ। तर देशमा बिकास भने कुनै कुरामा दीगो रुपले हुन सकेन।

यो गणतन्त्र आएको २० वर्षमा गणतन्त्र र लोकतन्त्रको नाममा निक्कै ठूलो लुटतन्त्रको शंख छ फुकियो। आज राजाले अकुत सम्पत्ति कमाए र आसेपासेले पैसा कमाए र देश लुटे भन्नेहरु आफैं आज राजाले र राजपरिवारले लुटेको भन्दा १० खण्ड बढी लुटिएको छ र लुट्नेक्रम जारी छ।

वर्षैपिच्छे प्रधानमन्त्री फेरिन्छन् तर देशशलाई सही दिशा दिने प्रधानमन्त्री अहिलेसम्म फेला पर्न सकेनन्। कन्टेनर जस्तो दिमाग भएका नेताहरुको कुन छोडाैं। सबै नेताहरु आफ्नो र

पार्टीको उन्नति तथा कार्यकर्ता पोस्ने काममामात्र लागे। तर देशमा झेलको राजनीति र अर्थनीतिमा डुबी देशलाई झन्झन् अस्थिर र दूरावस्थामा पुर्याउनमात्र लागेकाले देशको अवस्था जटिल बन्दै गयो।

यो कमजोरीलाई समोतर छिमेकी मुलुकले नेपालमा विस्तारै हस्तक्षेपको दायरा बढाउँदै लगेका छन्। मियो बिनाको देश एउटा आधारहीन हुँदो रहेछ। चारैतिरबाट ठूलो भड्खालोमा परी सबैबाट एक किसिमको तिरस्कृत अवस्थामा आज नेपाल पुगेको छ।

आज गणतन्त्र झण्डै दुई दशक हुन लाग्दापनि देशले कुनै पनि बिषयमा सुधार र फड्को मार्न नसक्दा जनतरु वाक्क दिक्क भैसकेका छन्। देशको अस्थिरता र दूरावस्था देख्दा पन्छिइ सकेका राजा र राजतन्त्रवादीहरु पुन राजा फर्काउन सक्रिय भएका छन्। सहकारीले गरीब जनताबाट लुटिएको रकम फिर्ता दिलाउन मेडिकल ब्यबसायी दुर्गा प्रसाई व्यवस्था नै परिवर्तन गर्न अगाडि बढिरहेका छन्।

हरपल हरदम २०७२ को अपूर्ण संविधानको बिरोध भइ नै रहेको छ। यसो हेर्दा यो गणतन्त्र र लोकतन्त्रको अवस्था र व्यवस्था ‘लथालिंग देशको भताभुंग चाला, जजसले पाला उउसले खाला’ जस्तो गरी गुज्रिरहेको देख्दा बिदेशी राष्ट्रका नेताहरु सबै चकित परेका छन् सधैं उही पुरानै ४-५ व्यक्तिहरु नै पटक पटक प्रधानमन्त्री भइरहने तर देशलाई नेतृत्व दिने काम भने कसैबाट पनि हुन सकेन।

अस्थिर राजनीति र आन्दोलनले पर्यटकीय आनन्दलाई कुनै बेलापनि बिगार्न सक्ने भएकोले यी बिकसित देशका मानिसहरु यसलाई छिट्टै बुझ्न सक्तछन्। समष्टिमा भन्ने हो भने यो गणतन्त्र झण्डै दुई दशममा देशले सम्पूर्ण कुराको अस्तित्व गुमाउन लागेको छ।

नियम हराएको देशमा मान्छेले गर्ने उपद्रव र भाँडभैलो नै हो जहाँ देश अस्थिर र दूरावस्था बाटनै गुज्रिने हो र हरेक कुरा छिन्नभिन्न भइ देश असफल राष्ट्रमा परिणत हुने बाटोमा अग्रसर हुन्छ।

वास्तवमा व्यवस्था निरंकुश होइन, प्रजातान्त्रिक नै हुनुपर्दछ। तर गणतन्त्र नै चाहन्छि भन्ने गतल भाष्य हो। नेतृत्व दिने नेताहरु नराम्रा भएपछि देशमा जुनसुकै व्यवस्था आएपनि र जतिपटक नै चुनाव गरेपनि त्यसको कुनै अर्थ नहुने रहेछ।

जसले देशको विकासमा लिकुंआन यु ले सिंगापुर, चीनमा सी जिनपिङ, भारतमा नरेन्द्र मोदी रुसमा भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकामा नेलशन मण्डेला र मलेसियामा मोहम्मद महाथिरले जस्तो कायापलट गर्ने नेता नेपालमा भेटिएनन्।

आजको विश्व बिकास हेर्दा नेपालको अवस्था देख्दा अत्यन्त दयनीय र घिनलाग्दो छ। त्यस्तै विश्व भूराजनैतिक स्थिति घटनाको अबलोकनको अनुभवले नेपालपनि अत्यन्तै डरलाग्दो रुपमा रहेकोले यो अस्थिर र दूराबस्थालाई हटाउन नेपालका तमाम राष्ट्रप्रेमी जनताहरु र बुद्धिजिवी

फेरि हुने २०८४ सालको आम चुनाबको परिणामबाट बिजयी भइ आउने नयाँ र सफल राजनेता र नेतृत्वको आश गरी बसेका छन्। आजको अस्थिरता र दूरावस्थालाई पुन बिकासको उचाईमा पुर्‍याई देशमा स्थिरता र सुव्यवस्थाको लागनी गर्न सकोस्। आज देशले खोजेको माग र इच्छा पनि यही नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *