तनहुँको आँबुखैरेनीमा बस दुर्घटना

डिसी नेपाल
२६ भदौ २०८१ १७:२३

दमौली। तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ।

तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो।

सो बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा १५ जना रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *