कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरु भोलि नियुक्त हुने

डिसी नेपाल
२६ भदौ २०८१ १९:२६

काठमाडौं। नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेश सरकारमा बिहिबार सम्म नेपाली कांग्रेसका मन्त्रीहरु नियुक्त भईसक्ने बताएका छन्।

वुधवार विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै सभापति थापाले बुधबार बसेको कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको बताए। केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरुलाई सहभागी गराइने उनले बताए।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका सभापति थापाले कोशी प्रदेशमा मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेर बहादुर देउवाबीच सहमति भएको जानकारी दिँदै दुबै पार्टीबाट दुई दुई जना राज्य मन्त्री राखिने सहमति भएको जानकारी दिए। तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागि भएको केही समय पछि मन्त्रालयको संख्या समेत बढाउन सकिने उनले भनाइ छ।

थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीसंग समन्वय नगरी आन्दोलन शुरु गरेका भएपनि यसलाई राजनैतिक रंग दिने भन्दा सहमतिमा टुङ्ग्याउने प्रयास भईरहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *