फोनपे र सिटिजन्स बैंकको साझेदारीमा नेपालको पहिलो र आफ्नै “सिटिजन्स फोनपे क्रेडिट कार्ड” को सुरुवात

डिसी नेपाल
२७ भदौ २०८१ ९:५४

ललितपुर। नेपालको अग्रणी व्यावसायिक बैंक सिटिजन्स बैंकले फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात घोषणा गरेको छ। सिटिजन्स फोनपे क्रेडिट कार्ड, नेपालको आफ्नै कार्ड स्किम हो।

यो नयाँ समाधानले नेपालमा पहिलोपटक, क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको छ। यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै, आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिन्छ।

सिटिजन्स फोनपे क्रेडिट कार्डले प्रयोगकर्तालाई निम्न सुविधाहरू प्रदान गर्छ:

१. तत्काल कार्ड जारी गर्न सकिने: सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने

२. स्क्यान र भुक्तानी: नयाँ सिटिजन्स फोनपे क्रेडिट कार्ड द्वारा १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने

३. खर्च ट्र्याकिङ गर्न सकिने: आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुने

४. ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि पाईने: ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि प्राप्त गर्दै आफ्नो आर्थिक लचकतालाई उच्च स्तरमा अनुभव गर्न सकिने

५. भुक्तानीको धेरै विकल्प पाईने: ग्राहकले चाहे अनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिने

विशेष योजना: ५०% तत्काल क्यासब्याक अफर

सुरुवाती अवसरमा, सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५०% (रु. १,०००) सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्दैछ।

यो सीमित समयको अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूलाई सिटिजन्स फोनपे क्रेडिट कार्डको सुविधाहरू अनुभव गर्न ठूलो अवसर प्रदान गर्दछ।

सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलले फोनपे सँगको सहकार्यमा यो नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं, जुन फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ।

यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो नविन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो। आजको डिजिटल युगमा , वित्तीय कारोबारमा सजिलो, सुरक्षा, र लचकता झनै महत्वपूर्ण भएको छ।

सिटिजन्स बैंकमा हामी सधैं नयाँ सेवाहरु संचालनमा लेराउने कार्यमा तल्लिन छौं, र यस्ता उपलब्धिले हामीलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न मद्दत गरेको छ। हामीले यसै सेवा संगै डिजिटल परिवर्तनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता देखाएका छौँ, जसबाट हाम्रा ग्राहकहरूले सबैभन्दा उन्नत वित्तीय समाधानहरूको फाइदा लिन सकून्।”

फोनपे का सिइओ दिवस कुमारले भने,”फोनपेमा, हामी ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौं र नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी छौं। यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिनेछ ।

नेपालमा क्रेडिट कार्डको प्रयोग २% भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरू सम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएको छ ।

यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो। यसले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुर्‍याउँदै, थप समावेशी र अन्तर सम्बन्द वित्तीय प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ”।

फोनपे क्रेडिट कार्डको बारेमा

यो कार्ड स्किम पूर्ण रूपमा डिजिटल कार्ड समाधान हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो क्रेडिट कार्ड कार्य-क्षमतामा सजिलो, लचकता र नियन्त्रण प्रदान गर्छ। यस कार्ड स्किमले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा इ-कमर्स भुक्तानीहरू, र सहज ई.एम.आई कन्भर्जन जस्ता सुविधाहरू दिन्छ।

फोनपे क्रेडिट कार्डले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै सजिलै कार्ड सुरू गर्न र प्रयोग गर्न सुविधा दिन्छ। यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल, र स्टेटमेन्ट डेलिभरीजस्ता उन्नत सुविधाहरूको पूर्ण फाइदा लिन सक्छन्, जसले ग्राहकहरुलाई आफ्नो कार्डमा सम्पूर्ण नियन्त्रण दिएको छ।

फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। यफ.वान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, फोनपे एक ISO २७००१ :२०१३ प्रमाणित कम्पनी हो।

फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ ।

फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।

सिटिजन्स बैंकको बारेमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, २००७ मा स्थापना भएको, नेपालभर १९८ शाखा र १६२ एटीएमहरूसहित एक भरपर्दो वित्तीय संस्था बन्न पुगेको छ। बैंकको लक्ष्य व्यक्तिगत र संस्थागत दुवै स्तरमा भरपर्दो वित्तीय समाधानहरू प्रदान गर्नुको साथ-साथै उत्कृष्ट सेवाको लागि चिनिनु हो। डिजिटल भविष्यतर्फ अघि बढ्दै गर्दा, बैंकलाई पथप्रदर्शन गर्ने पाँच प्रमुख मूल्यहरू छन्:

१. ग्राहक केन्द्रितता: डिजिटल नवीनताले ग्राहकहरूको आवश्यकता अझ प्रभावकारी रूपमा पूरा गर्दै, सहज अनलाइन वित्तीय समाधानहरू प्रदान गर्नेछ।

२. सेवा उत्कृष्टता: प्रविधिमा आधारित सेवाहरूले ग्राहकहरूको अनुभवलाई सुधार गर्दै, सजिलो र सन्तुष्टि सुनिश्चित गर्नेछ।

३. मानव संसाधन: दक्ष पेशेवरहरूलाई डिजिटल समाधानहरू प्रदान गर्न र प्रविधिमा भएको विकाससँग अनुकूल हुन सशक्त बनाइनेछ।

४. कर्पोरेट सुशासन: डिजिटल प्लेटफर्महरूले पारदर्शिता र नैतिक व्यापार अभ्यासहरूलाई सुधार गर्नेछन्।

५. सामाजिक उत्तरदायित्व: बैंकले डिजिटल वित्तीय समावेशीकरणमार्फत राष्ट्रिय विकासमा योगदान गर्नेछ, शाखारहित बैंकिङमार्फत दुर्गम क्षेत्रसम्म पहुँच विस्तार गर्नेछ।

डिजिटल सेवाहरुले सिटिजन्स बैंकलाई नवीनतम र ग्राहक केन्द्रित समाधानहरू प्रदान गरेर आफ्नो लक्ष्य हासिल गर्न मद्दत गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *