निगमको वाइड बडी जहाज सी चेक सम्पन्न गरेर दुई महिनापछि फर्कियो

डिसी नेपाल
२७ भदौ २०८१ १०:२५

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ।

निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ।

सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टमसम्म परीक्षण गरिन्छ।

विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ। ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ।

नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *