सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

डिसी नेपाल
२७ भदौ २०८१ १०:५१

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *