ललितपुरमा छापा मारेर सीआइबीले ५० जनालाई नियन्त्रणमा लियो

डिसी नेपाल
२७ भदौ २०८१ १५:५८

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ललितपुरमा छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

ललितपुरको एकान्तकुनामा रहेको कल सेन्टरबाट पक्राउ परेकाहरूमा दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिन्सका नागरिक पनि भएको प्रहरीले जनाएको छ । कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको हो ।

पक्राउ परेकामध्ये पाँच जना महिला छन् । उनीहरूले सिंगै घर भाडामा लिएर कल सेन्टर चलाइरहेका थिए । त्यहाँबाट नेपालीहरूलाई प्रलोभन देखाएर लगानी गर्न लगाउने र ठगी गर्ने गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई म्याद थपका लागि ललितपुर जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *