गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त सडक संघर्ष गर्ने

डिसी नेपाल
२७ भदौ २०८१ १७:३९

काठमाडाैं। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले संयुक्त रूपमा विराेधका कार्यक्रम गर्ने भएकाे छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले लामाे समयदेखि संघर्षका कार्यक्रम गर्दै आएकाे छ।

संघर्ष समितिले अब विभिन्न संगठनसँग मिलेर संयुक्त माेर्चा निर्माण गर्ने भएकाे हाे। भदाै ३१ गते साेमबार कुपोन्डोल पुल नजिकै खोला छेउमा आमसभा र असोज ३ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गर्ने कार्यक्रममा सहमत भइ संयुक्त मोर्चाको गठन भएको हाे।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको उपस्थितिमा संघर्षका कार्यक्रम तय गरिएकाे हाे।

संयुक्त माेर्चामा सुमन सायमी नेतृत्वकाे गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, राष्ट्रिय मुक्ति क्रान्ति काठमाडौं उपत्यका( स्वनिग) विशेष ब्यूरोका रबिन्द्र कुमार श्रेष्ठ, पहिचानवादी मोर्चाका बुद्धराज स्याङ्तान, उपत्यकाब्यापी सडक बिस्तार पीडित संघर्ष समितिका बिद्या श्रेष्ठ,दलितको लागि दलित अभियानका उमेश सुनार,भ्रष्टाचार विरोधी अभियानका जुनतारा पुन मगर, यल: नेवा समाजका संजय शर्मा, सेभ नेपा भ्यालीका राजाराम तण्डुकार, सहकारी पीडित संघर्ष समितिका कुशलव केसी सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *