युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघको चौथो साधारणसभा अमेरिकाको लस एन्जलसमा हुने

डिसी नेपाल
२८ भदौ २०८१ १३:१९

काठमाडौं । युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) को चौथो साधारणसभा यहि सेप्टेम्बर १४ मा लस एन्जलसमा हुने भएको छ । अन्टीएफले जारी गरेको प्रेस विज्ञप्तीमा चौथो साधारणसभा २०२४ को सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी समेत गराएको छ ।

लस एन्जलसमा आयोजना हुने सधारणसभालाई सफलताको मूर्तरुप दिन आयोजक समितिले कुनै कसर बाँकी नराखेको कार्यक्रम संयोजक अमृत महतोले जानकारी गराएका छन् । महतोले भने, ‘हामीहरु यतिबेला साधारणसभा पाल्नु हुने अतिथिहरुलाई स्वागत गर्न उत्साहित छौं र सम्पूर्ण तेक्वान्दो समुदायलाई फाईदा पुग्नेगरि छलफलको लागि तयार छौं।’

त्यस्तै शनिबार आयोजना हुने साधारणसभामा अन्टीएफको भविष्यको बारेमा महत्वपूर्ण छलफल र निर्णय हुनुको साथै नयाँ कार्यसमितिको निर्वाचन हुने समेत अध्यक्ष सन्तोष प्रधानले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

एन्टीएफको पहिलो साधारणसभा १४ जुलाई २०१४ मा बेलायतको लण्डनमा भएको थियो । त्यस्तै दोश्रो साधारणसभा १६ अक्टुबर २०२६ मा संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्डमा र तेश्रो साधारणसभा २६ मे २०१८ मा अमेरिकाको मिचिगन शहरमा सम्पन्न भएको थियो।

अन्टीएफ, नेपाली तेक्वान्दो खेलमा लामो समयसम्म प्रशिक्षण र नेतृत्वमा रहेर तेक्वान्दो खेलको विकास विस्तारको लागि अहम भूमिका निभाएका र हाल विश्वका विभिन्न मुलकमा रहेका तेक्वान्दोलाई माया गर्ने खेलाडी, प्रशिक्षक र शुभचिन्तकहरुको साझा संस्था हो।

हाल बेलायत, क्यानडा, दक्षिण कोरिया, अष्ट्रेलिया, मकाउ, नेपाल, हङकङ र अमेरिकाका विभिन्न स्टेटहरुमा एन्टीएसका शाखाहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *