अमेरिकाको डिसी महानगरमा छैटौं ‘कलिउड नाइट २०२४’ आयोजना हुँदै

डिसी नेपाल
२९ भदौ २०८१ ७:५६

अमेरिका। अमेरिकाको डिसी महानगर एरियामा छैटौं कलिउड नाइट २०२४ आयोजना हुने भएको छ। यही सेप्टेम्बर २८ मा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित गायक-गायिकाले प्रस्तुती दिनेछन्।

‘तपाईंहरुको उपस्थिति, हाम्रो हौसला’ भन्ने नाराका साथ सुरु हुने कार्यक्रम समयमै सुरु हुने र पूर्ण मनोरञ्जन दिने आयोजक केसी डान्स सेन्टरले जनाएको छ।

‘कलिउड नाइट’ २०१७ देखि सुरु भएको कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। तर यो वर्ष भने पहिलो पटक लाइभ लोक दोहोरी आयोजना हुन लागेको हो।

कार्यक्रमा वरिष्ठ लोक दोहोरी गायक भगवना भण्डारी, चर्चित लोक दोहोरी गायिका कल्पना दाहाल, चर्चित भर्सटाइल गायिका रेश्का सुनुवारले आफ्नो प्रस्तुती दिने छन्। साथै सय भन्दा बढी कलाकारले ‘कलिउड नाइट २०१४’ को रंगमञ्जमा आफ्नो कला देखाउने छन्। कार्यक्रममा नेपालीपपन झल्काउने परिवारसमेत राखिएने आयोजकले जनाएको छ।

कार्यक्रम स्थलमा मम, छोयला, पिरो आलु, मिक्स अचार सेल रोटी समोसा र सस राखिने बताइएको छ। कार्यक्रममा प्रवेश गर्न तीन प्रकारका टिकटको व्यवस्था गरिएको छ। जसअनुसार सामान्य टिकटको ३० डलर, प्रिमियरको ५० डलर र भिआईपी टिकटको मूल्य सय डलर राखिएको आयोजकले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *