अमेरिकाबाट नेपाली राशिफल

सेप्टेम्बर १६ देखि ३० सम्म

डिसी नेपाल
१ असोज २०८१ ७:१५

मेष राशि :

राजनीतिक अन्तद्वन्दको सामना गर्नु पर्ने योग देखिन्छ । आफन्तको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले प्रशस्त प्रतिफल दिनेछ। सवारीसाधन तथा घर घडेरीको कारोबार हुनेछ।

पारिवारिक सुख प्राप्त हुने छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा प्रगति हुनेछ। मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ। कला संगीत साहित्यप्रति विशेष झुकाव बढ्नेछ।

वृष राशि :

घर घरेडीको किनबेचको योजना बन्नेछ। व्यापार व्यवसायबाट लाभ प्राप्त होला। आफन्तजनको सहयोगले शत्रुहरु परास्त हुनेछन्। अध्ययनअध्यापन फलदायी रहनेछ। आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ।

साथीभाइको सहयोग मिल्नेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। धार्मिक कार्यमा धन खर्चिनुपर्ने देखिन्छ। जागिरमा पदोन्नति हुने  छ। वैदेशिक यात्राको योजना बन्ने छ। आफन्तजनको सहयोगले महत्वपूर्ण कार्यको थालनी होला।

मिथुन राशि :

साहित्यिक क्षेत्रमा लगानी गरिएला। नयाँ कार्य थालनी गर्दा होस पुर्‍याउनु होला। कार्यमा उत्साह र विश्वास कायम रहनेछ। न्यायिक तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।

व्यापार व्यवसायका क्षेत्रमा प्रतिफल राम्रो मिल्नेछ। अचल सम्पत्तिको किनबेचको योग रहेको छ। पारिवारिक सम्बन्धमा आत्मिक भावको विकास हुनेछ। सन्तानको स्वास्थ्य विग्रिने हुँदा मानसिक तनाव उत्पन्न हुन सक्छ। अध्ययनअध्यापन पक्ष राम्रो देखिँदैन। आफन्तको सहयोग सामान्य मिल्नेछ।

कर्कट राशि

स्वास्थ्यमा सुधारको अनुभव हुने देखिन्छ। परिवार तथा आफन्तजनले नै धोका दिने योग छ। यात्राको योग एवं सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्यमा बाधा र व्यवधान उत्पत्र हुने छ । आय आर्जन  सुधार आउनेछ। विलासिताका सामान खरीदविक्रीमा मन जानेछ।

अचल सम्पत्तिको सुखोपभोग मिल्ने भए पनि मन अशान्त रहनेछ। अध्ययन अध्यापनमा मन लाग्ने छ। कला, साहित्यप्रति मन जानेछ। प्रेमीप्रेमिकाको सम्बन्धमा प्रगाढता आउने योग रहेको छ।

सिंह राशि 

मान्यजनको प्रसस्त सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधारको संकेत देखिन्छ। आयआर्जनमा अवरोध आउने देखिन्छ। रमाइलो यात्राको अवसर मिल्ने देखिन्छ। साझेदारीमा कार्यको थालनी नगर्नु नै उचित हुनेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ।

अध्ययनअध्यापनमा मन जानेछ। धार्मिक तथा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला। शिक्षाक्षेत्रमा गरेको लगानी प्रभावकारी बन्ने  छ। विलासिताका वस्तु खरीदविक्रीको योग  छ। प्रेमी प्रेमिकाबीच तनाव उत्पत्र हुनेछ।

कन्या राशि 

राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्ने छ। अध्ययनअध्यापनमा विशेष लगाव बढ्नेछ। उद्योग, कल कारखानामा गरिएको लगानीबाट सफलता मिल्नेछ। जागीरमा पदोन्नतिको योग रहेको छ।

मानसम्मान मिल्ने देखिन्छ। सभा सम्मेलनमा सहभागिताको योग छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनमा चञ्चलता उत्पन्न हुनेछ। मनोरञ्जनपूर्ण यात्रा गर्नुपर्नेछ।

तुला राशि :

शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा अपजशको सामना गर्नुपर्ला। धनहानीको योग देखिन्छ। मानसिक विचलन उत्पन्न हुनसक्छ।

सामाजिक संवेदना र दायित्व बढ्नेछ। मित्रहरुको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन्। कलाको क्षेत्रमा लगानी बढ्नेछ। आफन्तको सहयोगबाट भएका कार्यहरु सुचारु हुनेछन्।
वृश्चिक राशि :

आफन्तको सहयोग लिएर गरिएका कार्यहरु सफल हुनेछन्। व्यावसायिक साझेदारीमा गरेको कामबाट सन्तुष्टि मिल्ने छ। मानसम्मान र पदप्रतिष्ठामा सुधार आउनेछ। साहित्य, संगीत र कलाप्रयित रुचि बढ्ने देखिन्छ।

वैदेशिक रोजगारीको अवसर मिल्नेछ। मनोरञ्जनपूर्ण यात्राले मन प्रशन्न रहला। साथीभाइको सहयोग प्रशस्त मिल्नेछ। अचल सम्पदाको सुखोपभोग प्राप्त हुनेछ। अध्ययन अध्यापनमा रुचि रहने छ। राजनीतिक कार्यप्रति सचेत रहनुहोला।

धनु राशि 

औषधि तथा जडी बुटीको कार्य गर्ने अवसर प्राप्त होला। रोगबाधक क्षमतामा वृद्धि हुने हुँदा स्वास्थ्यमा सुधार आउनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउने छ। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खान पान तथा यात्रामा सावधान रहनु होला।

राजनीतिक अन्योलता बढ्नेछ। कूटनीतिक प्रयासबाट थालिएका कार्यहरु सफल हुनेछन्। सामाजिक दायित्व बढ्नेछ। प्राविधिक कार्यमा आशातीत लाभ मिल्नेछ। कुरा काट्नेहरु बढ्ने छ।

मकर राशि :

आध्यात्मिक सहभागिताको अवसर जुट्नेछ। रोजगारीको नयाँ अवसर प्राप्त हुने छ। धर्मकर्ममा रुचि बढ्नेछ। मांगलिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। व्यापार व्यवसायमा अवरोध आउने देखिन्छ। विदेश भ्रमणको योग रहेको छ।

विलासिताका सामान खरीदविक्री गर्नुपर्नेछ। सूचनाको आदानप्रदानबाट महत्वपूर्ण कार्य सफल हुनेछ। अचल सम्पत्तिको हानी नोक्सानी हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। शैक्षिक क्षेत्रमा गरिएको लगानी प्रभावकारी रहनेछ।

कुम्भ राशि :

समाजमा यशकीर्ति बढ्ने देखिन्छ। आयआर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन्। अध्ययनअध्यापनमा मन लाग्नेछ। समाजमा बोलीको कदर हुनेछ। व्यापार तथा अध्ययन सामान्य रहनेछ। रोजगारीमा पदोन्नति हुने देखिन्छ। सामाजिक पद प्रतिष्ठाको वृद्धि हुनेछ।

अनपेक्षित धनको प्राप्तिले मनमा कुविचार उत्पन्न होला। स्वास्थ्यमा समस्या उत्पन्न होला। पेटको समस्या देखिने भएकाले खानपानमा ध्यान दिनु जरुरी देखिन्छ। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।

मीन राशि 

राजनीतिक दायित्व बढ्नेछ। जागीरमा अनावश्यक विवाद उत्पन्न हुनेछ। आलस्यताले सताउने योग देखिन्छ। अचल सम्पत्ति खरीदविक्री हुने छ। आफन्त तथा साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ। शिक्षामा  प्रगति नहोला।

गरिएका कार्यबाट अपेक्षित लाभ मिल्ने देखिन्छ। मान्यजनको सहयोग प्राप्त हुने  देखिन्छ।  साहित्य संगीतमा रुचि बढ्ने छ। वैदेशिक यात्राको योग रहेको छ। आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *