प्रधानमन्त्री ओलीबाट पाँचतारे होटल लेमन ट्रिको उद्घाटन

डिसी नेपाल
२९ भदौ २०८१ १४:०४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ ।

रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाउनुभयो ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट गरे। “तपार्ईँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ लागि हामीले प्रविधि बनाइसकेका छौँ ।”, प्रधानन्त्री ओलीले भने, “तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *