पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई

डिसी नेपाल
३० भदौ २०८१ ९:२४

गण्डकी। पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार शाक्य छ दशकदेखि फोटोग्राफीमा सक्रिय छन् । सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृृतिमा पुरस्कार स्थापना गरिएको हो । उनले ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *