नेपाल आइडलकी सज्जा चौलागाईंको गीत ‘एक्लै’ को चर्चा

डिसी नेपाल
३० भदौ २०८१ १७:४५

काठमाडौं। गायिका सज्जा चौलागाईंको स्वरमा नयाँ गीत ‘एक्लै’ सार्वजनिक गरिएको छ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका चौलागाईंको उक्त सार्वजनिक गीतमा शब्द र कम्पोज भने गायिका चौलागाईंसँगै अविनाश एसीको छ ।

गीतको भिडिओमा प्रेमी बिनाको एक्लो पनाको मर्मस्पर्शी विरहको गाथालार्य नजिकबाट केलाइएको छ । भिडिओमा सज्जाले तिमी बिना एक्लै बाँच्न सक्दिन भनेर आफ्नो प्राण भन्दा प्यारो मान्छेलाई पटक पटक सम्झिरहेको दृश्यले दर्शकको मन छुन्छ । सन्जीत जीको निर्देशनमा तयार भएको भिडियोमा सज्जा स्वयम फिचर्ड छिन् ।

प्रेम, विरहले भरिएको भिडिओको छायांकन सम्पादन र कलर निर्देशक घिसिगंले नै गरेका हुन् । सज्जा चौलागाई अफिसियल युट्युबबाट बजारमा आएको एक्लोको कन्सेप्ट नै गायिका स्वयमको हो । गायिका सज्जा चौलागाईले यसअघि ‘बालिका’ बोलको गीतको भिडियो पनि ल्याएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *