देश मेरो हो भन्ने भावना जागृत गराउन जरुरी छः मन्त्री भण्डारी

डिसी नेपाल
३० भदौ २०८१ २२:४१

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र देश मेरो हो भन्ने भावना जागृत गराउने गरी काम गर्नुपर्ने बताएका छन्।

आज राष्ट्रिय व्यावसायिक पहल (एनबिआइ) को १८औँ वार्षिक साधारणसभामा उहाँले हरेक नागरिकमा सरकार कुनै दलको नभइ मेरो हो भन्ने भाव जागृत गर्नुपर्ने बताए। उनले भने, “एकअर्काप्रति अविश्वास गरेर मात्रै हुँदैन, राज्य, देश र सरकार मेरो हो भन्ने भावना जागृत गरे सबैको हित हुन्छ । सरकारप्रति विश्वास गरौँ।”

मन्त्री भण्डारीले निजीक्षेत्र बलियो नभएसम्म देशको अर्थतन्त्र बलियो नहुने भन्दै सरकारले सोही नीतिअनुसार काम गरिरहेको बताए। “सरकारले निजी क्षेत्रमैत्री नीति लिएको छ । सरकारले निजी क्षेत्रका लागि गर्नुपर्ने थप कार्यका लागि बहस गर्न सकिन्छ”, उनले भने।

नेपालका व्यवसायीले तिरेको करकै कारण देशको अर्थतन्त्र बलियो हुँदै गएको धारणा राख्दै मन्त्री भण्डारीले एकपटक फेरि सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधार्नका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *