गाब्रियलको गोलमा आर्सनल विजयी

काठमाडौं। आर्सनलले इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो यस सिजनमा आर्सनलको तेस्रो जित हो। ४ खेलमा आर्सनलको १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो दोस्रो हार हो। टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा झरेको छ।
प्रतिक्रिया
Facebook Comment