भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित

डिसी नेपाल
३१ भदौ २०८१ ९:३५

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रीजम्यान र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

यस सिजनमा एटलेटिको म्याड्रिडको यो तेस्रो जित हो । ५ खेलमा ११ अंक हासिल गरेको एटलेटिको म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भलेन्सियाले भने यस सिजनमा चौथो हार बेहोरेर पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *